काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार बेलगाम भइरहेको बताएका छन् ।
सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको बताए । उनले भने, सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यता पट्टि जान चाहन्न मेरो विषय बनाउन चाहन्न ।’
उनले अघि भने, ‘दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनु हुन्छ ? प्रधानमन्त्रीले चलाउनुहन्छ कि रियल पावरवाला हुँ भन्नेले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही हो ।’
यो पनि पढ्नुहोस् – काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने देखिएको बताएका छन् ।
सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले श्रीलंकाकै स्थितिमा पुर्याउने बताएका हुन् ।
‘अर्थमन्त्रीको पृष्ठपोषणमा वा हतियार खरिद प्रकरणमा चलाइने गरिएका कुरा र पृष्ठभागबाट गरिएको समर्थनले यो विषय त्यति सहज छैन भन्ने देखाउँछ’ उनले भने, ‘त्यसको प्रभाव कम्तीमा हामी श्रीलंकासम्म पुग्ने नै लक्षण देखिन्छ । त्यस भन्दा अगाडि बढ्न पनि सक्छ । यो अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उधो खस्न सक्छ ।’ त्यसैले अहिले नै सतर्क हुनुपर्ने उनको भनाइ छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र हतियार खरिदका विषय अर्थमन्त्रीको तहबाट मात्र नभएको ओलीले बताए । ‘हतियार खरिद न रक्षामन्त्री र अर्थमन्त्रीले नै गर्न सक्छ, न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले नै गर्न सक्छ’ उनले भने, ‘अर्थमन्त्री एउटैको पनि चल्दैन ।’