जसपामा फुटको घोषणा हुदै

जनता समाजवादी पार्टी (जसपा) फुटको औपचारिक घोषणाको निकट पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जसपाको दुई खेमालाई नेतृत्व गर्दै पार्टी फुटाउने तयारी भएको छ ।

दुवै नेताले आइतबार छुट्टाछुट्टै बैठक बोलाएपछि फुटले औपचारिक स्वरूप लिन लागेको हो । अध्यक्ष यादवले असार २९ र ३० गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ भने डा। भट्टराईले त्यसभन्दा एक दिनअघि असार २८ र २९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक डाक्नुभएको छ ।

यादवले वीरगञ्जमा बोलाएको बैठकमा पार्टीमा देखिएको मतभेदका विषयमा छलफल हुने जनाइएको छ । यससँगै स्थानीय तहको चुनाव समीक्षा र आगामी चुनावको तयारीका विषयमा छलफल हुने एजेन्डा छ ।

यसै गरी, भट्टराईले काठमाडौंमा बोलाएको बैठकमा समसायमिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्ने एजेन्डा छ ।

यससँगै पार्टीको आन्तरिक विवाद, स्थानीय चुनावको समीक्षा, र आगामी चुनावको तयारीबारे छलफल हुने पदाधिकारी र केन्द्रीय सदस्यलाई पठाएको पत्रमा उल्लेख छ ।भट्टराईले बोलाएको बैठकलाई भने यादव पक्षले गैरकानुनी भन्दै विरोध गरेको छ ।

जसपा केन्द्रीय कार्यालय प्रमुखले जारी गरेको विज्ञप्तिमा ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको भनेर भ्रम फैलाइएको बुझिन आएको’ उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय