ओलीको उखान टुक्काले मेरो सरकार ढल्दैनः देउवा

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा समस्या हुनु समान्य भएको बताएका छन् ।

काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अनावरण कार्यक्रममा उनले एउटै पार्टीमा त समस्या हुन्छ भन्दै गठबन्धनमा समस्या हुन समान्य भएको बताएका हुन् । कार्यक्रमा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनभित्र झगडा सुरु हुन राम्रो नभएको बताएपछि सभापति देउवाले भने, ‘ एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त समस्या हुन्छ नि । यो ठूलो कुरा होइन । समान्य रुपमा लिनुपर्छ ।’

आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था रहेको देउवाको भनाइ थियो । पछिल्लो समय शेखर कोइराला समूहले देउवा पार्टीको सभापति नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको थियो ।

म सँग प्रचण्ड जी हुने बेला सम्म कसैको उखान टुक्काहरुले सरकार ढल्दैन तपाईंहरु अब चुनाबको तयारीमा लाग्नुहोस , अरु चिन्ता नलिनुहोस भने |

यसप्रति लक्षित गर्दै देउवाले भने, ‘आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । पछि प्रधानमन्त्री भएपछि थाहा पाउनुहुनेछ । साथीहरुले यसलाई बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

यस्तै देउवाले २००७ सालको आन्दोलनमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘कोइराला कठिन राजनीतिक मोडमा आरोह अवरोह गर्न भएको थियो । नेपाली राजनीति र नेपाली काँग्रेसमा उहाँको योगदान अतुलनीय रहेको छ ।’

लोकतान्त्रिक गणतन्त्र स्थापनमा कोइरालाले अहम भूमिका निर्वाह गरेको देउवाले बताए । कोइरालाले हतियार बोकेर हिडेँका पार्टीलाई शान्ति प्रक्रियामा ल्याएको उनको भनाइ छ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय