देउवा सरकार ढाल्न भित्र भित्रै चल्यो यस्तो खेल, बहुमत बनाउन ७ सांसदको खोजी

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र भित्र चल्न थालेको छ ।

 विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ । देउवालाई अहिले बहुमत सांसदको समर्थन छ । जसपा र नेकपा एसमध्ये एक दलले समर्थन फिर्ता लिएमात्र पनि सरकार अल्पमतमा पर्छ । यी दुवै दल फुटेर बन्ने समूह देउवाविरुद्ध उभिए पनि अल्पमतमा पर्छ । जसपा र नेकपा एस दुवै फुटको खतरामा छन् ।

एमालेको ९१ सांसद छन् । विश्वस्त स्रोतका अनुसार देउवाविरुद्ध बहुमत सांसद जुटाउने प्रयासमा एउटा समूह नै लागेको छ । ७ देखि १० सांसद नपुगेर कुरा मिल्न सकेको छैन ।

देउवा अल्पमतमा परेमा उनी विश्वासको मत लिन अगाडि बढ्न सक्छन् । मत नपाए सदन विघटन गरी चुनावको घोषणामा पुग्न सक्छन् । तर, राष्ट्रपति समक्ष बहुमत सांसद बनाएर देउवाको विकल्प खोज्ने रणनीतिमा एउटा पक्ष छ । त्यसपछि यो विषय फेरि अदालत जान सक्छ ।

अहिलेको घटनाक्रमले देउवालाई जसरी हुन्छ संसद विघटनका लागि वाध्यकारी बनाउन सक्छ । २०५८ मा पनि देउवाले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेका थिए ।

तर, चुनाव गर्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएर सत्ता हातमा लिएका थिए । देउवालाई फेरि पुरानै अवस्थामा पुर्याउने चलखेलहरु भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय