७ वडाध्यक्षसहित बुढीगंगाको मेयर-उपमेयरमा एमाले विजयी

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका मेयर-उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

भर्खरै सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई हराए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी छन् ।

बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खाती ३ हजार ७७४ मतमा रोकिए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ र कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याए ।

मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ । 5

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय