गुल्मेली समाज जापानले कान्तो समिति गठन गर्ने

गुल्मेली समाज जापानले कान्तो समितिको गठन गर्ने भएको छ । जापानमा रहेका गुल्मेलीलाई एउटै परिवारमा जोड्ने उद्देश्यले कान्तो समिति गठन गर्न लागेको अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिए ।

समितिको गठन यहि जुलाई २४ तारिक सोलमारी मुरा हल टोकियोमा गर्न लागेको छ । सोहि दिन राजदुतावास र नेपाल एअरलाईन्स जापानमा कार्यरत गुल्मी जिल्लाका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

नयाँ कार्यसमितिले जिल्लाका पिडितलाई सहयोग संगै जिल्ला अस्पताल गुल्मी आशा अपाङग केन्द्र गुल्मी पत्रकार महासंघ गुल्मीलाई सहयोग समेत गरिसकेको छ ।

जिल्लामा उत्कृष्ट पत्रकारिता पुरस्कार कोषको समेत स्थापना गरेको छ । २००९ मा स्थापना भएको गुल्मेली समाज जापानको जिल्लामा गर्ने सहयोग र जापानका संघसंस्थाका विच अव्वल संस्थाको रुपमा परिचित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय