वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन् ।

बकर ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रा तय गर्न वाम-लोकतान्त्रिक शक्तिहरू केन्द्रीकृत हुनपर्ने बताएका हुन् ।

प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी छ ।’

साथै, उनले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको बताएका छन् ।

समाजका यिनै परम्परा, भाषा, धर्म र सँस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको भन्दै प्रचण्डले यस प्रकारका चाडपर्वहरूको सम्वर्धन र प्रवर्धन गर्नु सबैको साझा दायित्व रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय