काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको ढुकुटीभित्रै बसेर लुटपाट मच्चाएको आरोप लगाएका छन् । 

अब यो सरकार स्वीकार गरेर बस्न नसकिने उनले टिप्पणी गरे । आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले व्यापारीका प्रतिनिधि ल्याएर उनीहरुले डिक्टेसन गरेका आधारमा करका दर र अन्तशुल्क तय गरिएको बताए ।

ओलीले भने, ‘खुलेआम देशको ढुकुटीभित्रै पसेर लुट्ने यस्तो सरकार विश्वमा अन्यत्र छ ? कमसेकम चोरले पनि झ्याल ढोका फाडेर चोर्छ । यो सरकारले त साँचोले खोेलेरै लुट्यो । हद होइन यो ?’

उनले यो सरकारको काम सकिएको भन्दै अबिलम्ब हट्नुपर्ने बताए । ‘यिनीहरुको ठाउँमा सद्दे मान्छे कोही भए मैन पग्लेझैं पग्लिन्थे । तर यिनीहरु त त्यही अनुहार देखाएर ठ्याङठ्याङ हिँडिरहेका छन् । भाषण गरिरहेका छन् । सरकार हुँ भन्न लाज हुँदैन ?’

उनले यो सरकार मानेर चल्न नसकिने भन्दै आफै नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए 

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here