दुई भ्रातृसंगठन गठन गर्दा कांग्रेसका दुई महामन्त्रीलाई बाइपास, यस्तोसम्म गरियो

काठमाडौं – महाधिवेशन सकिएको आठ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकल निर्णयमा चल्न थालेका छन् ।

पार्टी पदाधिकारीमा युवाहरूको बहुमत भए पनि उनले कसैलाई पनि नसोधी निर्णय गरेको पाइएको छ । केही समयअघि देउवाले नेपाल किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनीत गरे ।

किसान संघमा गणेशप्रसाद तिमल्सिना र भूतपूर्व सैनसंघमा ओमबहादुर पुनलाई अध्यक्ष बनाइयो । तर यस्तो महत्वपूर्ण निर्णय गर्दा सभापति देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई एकपटक पनि नसोधेको बुझिएको छ ।

कांग्रेस उच्च स्रोतका अनुसार देउवाले उपसभापति धनराज गुरुङलाई भने फोन गरेका थिए । उनले पार्टीको नीति तथा प्रशिक्षण विभाग प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई मनोनीत गर्न लागिएको जानकारी गराएका थिए ।

‘नीति तथा प्रशिक्षण विभागमा तिमीभन्दा वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई राख्दा के हुन्छ ?’ देउवाले सोधेपछि गुरुङले भने, ‘भइहाल्छ नि ।’ त्यसपछि देउवाले सँगसँगै नेपाल किसान सघ र आदिवासी जनजाति संघको अध्यक्ष पनि मनोनीत गरे ।

तिमल्सिाना पहिलेदेखि नै देउवा निकट हुन् । पुन भने उपसभापति खड्का निकट नेता हुन् । देउवाले आफूले निर्णय गरिसकेपछि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई महामन्त्री थापालाई फोन गरेर जानकारी दिन निर्देशन दिए ।

सोहीअनुसार पौडेलले महामन्त्री थापालाई फोनबाट जानकारी दिए र विज्ञप्ति जारी गरे । तर, अर्का महामन्त्री शर्मालाई भने एकपटक पनि सोधिएन । न त जानकारी नै दिइयो ।

पार्टी सभापति देउवाले निर्णय गर्दा परामर्श नगरेपछि शर्मा एक साताका लागि अमेरिका भ्रमणमा गएका छन् । यही विषयलाई लिएर डा.शेखर कोइराला पक्षले हालै दुई दिने भेला आयोजना गरेको थियो । जसमा पार्टी सभापति देउवा स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय