जनार्दन पछि देउवाको पनि पद धरापमा, गम्भिर विवादमा मुछिए देउवाका छोरा जयवीरसिंह !

बजेट भाषणको अघिल्लो दिन अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराइ करको दर हेरफेर गराएको गम्भिर आरोप लागे पछि सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा क्याबिनेटका अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् तर यो बिषय झनै जेलिँदै गएको छ।

करको दरनै हेरफेर गरेर गम्भिर अपराधमा संलग्न भएको आरोप लागेका जनार्दन शर्माको पछि कसको व्याकअप गरेकोछ ? भन्ने कुराको पनि खोजि सुरु भएको छ । यति गम्भिर अपराध गरेको हो भने शर्माले मात्रै गर्न नसक्ने भन्दै यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको पनि सिधा संरक्षण र संलग्नता रहेको अनुमान गरिएको छ ।

सिमित व्यापारीलाई पोस्ने र अरुलाई झोस्ने गरी करको दर हेरफेर गरेको आरोप जनार्दन माथी लागको छ । बजेट घोषणाको अघिल्लो रात एक पूर्व नासु र एक भारतिय नागरिक अर्थमन्त्रालयमा भित्र पसेर करको दरमा कैँची चलाएको आरोप लागेको छ । प्रधानमन्त्री देउवाको समेत यसमा संरक्षण र साझेदारीको आरोप लागरिहेका बेला यसलाई बल पुग्ने गरि एउटा तथ्य बाहिरिएको छ ।

प्रधानमन्त्री देउवाका पुत्र जयवीरसिंह देउवा स्यानेटरी प्याडको विजनेस गर्छन् । विदेशबाट आयात हुने स्यानेटरी प्याडमा ९० प्रतिशत कर छुट दिने घोषणा शर्माले बजेट मार्फत गरेका थिए । यसबाट सिधै प्रधानमन्त्री देउवापुत्रको विजनेसलाई पोस्नका लागी जनार्दनले स्वदेशी स्यानेटरी प्याड उधोगमाथी लात मार्ने गरी बजेट ल्याएको आरोप लागेको छ । जनार्दनको बहिर्गमन सँगै प्रधानमन्त्री देउवा माथी पनि गम्भिर नैतिक प्रश्न उठेको छ ।

बजेटले फाइदा पुर्याएको आयातित वस्तुमध्ये एक हो सेनेटरी प्याड । विदेशबाट आयातित सेनेटरी प्याडमा अर्थमन्त्रीले भन्सार ९० प्रतिशत मिनाहा गरिदिएका छन् । यसले नेपाली बजारमा विदेशी प्याड सस्तो भएर स्वदेशी उद्योग धराशयी पार्ने निश्चित छ ।

स्वदेशी उत्पादनलाई बढावा दिएर व्यापार घाटा कम गर्ने गफ दिइरहेका अर्थमन्त्रीले यस्तो उल्टो नीति कि लिए त रु भन्न त उनले माइतीघरमा महिला छाति पिटेर रोएको देख्न नसकेर आफूले प्याडको भन्सार मिनाहा गरेको तर्क गरिरहेका छन् । तर, यथार्थ भने फरक छ ।

यो निर्णयमा बालुवाटारको स्वार्थ जोडिएको पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका एक्ला छोरा जयवीरसिंह देउवा सेनेटरी प्याडको व्यापारमा संलग्न छन् । उनको कम्पनी लाभान्वित हुने गरी आयातित प्याडको भन्सारमा कर छुट दिइएको उच्च स्रोतले बतायो ।

सेनेटरी प्याडको व्यापार गर्दै आएको ब्लु प्रिन्ट ट्रेडिङ प्रालीको अध्यक्ष हुन् जयवीरसिंह । यो कम्पनीमा भरतपुर चितवनका हेमन्त बजगाईंसँग उनको पार्टनरसीप छ ।

२०७७ साल पुस १२ गते जयविरले यस कम्पनीको सानो हिस्सा सेयर बजगाईंलाई बेचेको दर्ता किताबको लगतबाट देखिन्छ । कम्पनीको ७० हजार कित्ता सेयर जयवीरको नाममा र बाँकी ३० हजार कित्ता सयेर हेमन्तको नाममा छ ।

आरजु र छोरा जयवीरकै सल्लाह मुताबिक अर्थमन्त्रीले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरिदिएको स्रोत बताउँछ । विदेशबाट ‘बहुराष्ट्रिय कम्पनी’ले उत्पादन गरेका सेनेटरी प्याडहरु नेपालमा आयात हुन्छन् । हाल यस्ता प्याड आयात गर्ने मुख्य एजेण्ट नै प्रधानमन्त्रीका छोरा जयवीर हुन् । उनैले प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गरेर बजेट भाषणबाटै प्याड आयातमा भन्सार सहुलियत दिलाएको स्रोतको दाबी छ ।

यो नेपालको कुल वार्षिक मागको ४० प्रतिशत हो । नेपालमा वर्षेनी ३० करोड थान प्याड खपत हुन्छ भने ९० करोड थान नेपालमै उत्पादन हुन्छ । तर, आयातित प्याड सस्तो भएपछि नेपाली उद्योगमा गरिएको करिब ६ अर्बका लगानी संकटमा परेको छ ।

हिमालयन टेलिभिजनले यस कम्पनीको विषयमा एक विशेष रिपोर्ट प्रकाशित गरेको थियो । जसमा सेनेटरी प्याडको भन्सार घट्ने निश्चित भएसँगै जयवीरको कम्पनीले ४० कन्टेनर अर्थात ८ करोड थान प्याड चीनबाट अर्डर गरिसकेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय