जनार्दनकै कारण माओवादीको जनमत तीव्र ओरालो, गठबन्धन नभए १० सिट पनि नजित्ने

जनार्दनकै कारण माओवादीको जनमत तीव्र ओरालो, गठबन्धन नभए १० सिट पनि नजित्ने

काठमाडौं – २०७४ को आमनिर्वाचनमा माओवादी केन्द्रले एमालेसँग वाम तालमेल गर्दा प्रत्यक्षतर्फ ३५ सिट जितेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीका कारण १८ सिट थपिँदा ५३ सांसद पुगेका थिए । तर, अहिले माओवादीको जनमत तीव्र ओरालो लागिरहेको छ । पार्टीका सिनियर नेताहरू एमालेलगायत अन्य दलmमा आबद्ध भएकाले माओवादीको संगठन खस्किँदै गएको छ ।

अझ यतिबेला अर्थमन्त्री जनार्दन शर्माका कारण सो पार्टीको साख जनतामा खट्दै गएको छ । गभर्नर निलम्बन, बजेटमा अनधिकृत व्यक्तिलाई सामेललगायतका कारण शर्मा विवादमा परेका छन् । अझ सिसिटिभी फुटेज डिलिट प्रकरणले त शर्मासँगै माओवादीको साखमा गम्भीर धक्का लागेको छ।

यति धेरै कुरा बाहिर आइसकेपछि अर्थमन्त्री त ढिलोचाँडो जान्छन् । तर उनलाई जति धेरै दिन पदमा राख्यो उनको दल, गठबन्धनको भोट घट्ने र साख गिर्ने हो चेन इफेक्टले गर्दा ।

यसले माओवादीले आगामी संसदको चुनावमा प्रत्यक्षमा गठबन्धन नभएमा लगभग १० सिट जित्ने देखिएको छ । हालै सम्पन्न स्थानीय चुनावमा पाएको मतको आधारमा पहिलेको चुनावहरूसँग तुलना गर्दा यस्तो देखिएको हो ।

गठबन्धन भएमा प्रत्यक्षमा मत नघटे पनि समानुपातिक मत घटाउन सक्छ । यसकारण सिट संख्या माओवादीले गुमाउने निश्चित छ । त्यसैले अहिले माओवादी अध्यक्ष प्रचण्ड विभिन्न धम्की र चेतावनी दिँदै गठबन्धन गर्न चाहिरहेका छन् ।

माओवादीले गोरखा, रोल्पा, सल्यान, पश्चिम रुकुम र पूर्वरुकुम, हुम्ला, कञ्चनपुरबाट एक सिट जित्ने अनुमान गरिएको छ । प्रचण्डले चितवनमै चुनाव जित्न सक्ने सम्भावना धेरै कम रहेको बताइन्छ ।

त्यसैले अहिले प्रचण्डको ध्यान बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवलगायतलाई पार्टीमा सामेल गराउने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय