अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् । सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

यो पनि पढ्नुहोस् – बुटवल । बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको ६ लेन सडक विस्तार ठेकेदारको चरम लापरवाहीका कारण दुई पटक थपिएको म्याद भित्र पनि पूरा नहुने भएको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो ।

कञ्चनजंघा/बिरुवा जेभीले ठेक्का पाएको सडक अन्तिम पटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिँदैछ । तर असार २० गतेसम्म सडकको भौतिक प्रगति २५.५ प्रतिशत मात्रै छ । निर्माणाधीन सडक वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य भएर सडक प्रयोगकर्ताले सास्ती ब्यहोरिरहेका छन् । सडक निर्माण पूरा नहुँदा चौराहादेखि आदर्शनगर चोक (पाल्पारोड) सम्मको सडक हिलाम्य र धुलाम्य छ ।

यो सडकको करिब ८० प्रतिशत क्षेत्रमा नाली निर्माणको काम सकिएको छ । सर्भिस लेन र नालीमाथि रहेका विद्युतका पोल, ट्रान्सफर्मर हटाउन बाँकी नै छ । खानेपानीको पाइपसम्बन्धी काम पनि भइरहेको छ ।

ट्राफिक चोकदेखि अस्पताल लाइनसम्मको सडक ‘वान वे’ बनाइएपछि सवारी साधन जाममा पर्ने र पानी पर्दा सवारी गुडाउन नमिल्ने अवस्था छ । २०७६ असोजमा पूरा गर्ने गरी सम्झौता भएकोमा सडकको ८२ फुट क्षेत्रभित्र घर परेका घरधनीले अदालतमा मुद्दा हालेपछि २ वर्ष काम रोकिएको थियो ।

२०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलो पटक म्याद थप भएको थियो । तर निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै दोस्रो पटक २०७७ पुस १० गते मन्त्रिपरिषद बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप भएको थियो ।

‘त्यसयता काम गर्न कुनै अवरोध नभएपनि ठेकेदारले लापरवाही गरेकाले सडक निर्माणले गति लिन सकेन’, बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झाले भने, ‘ठेकेदारलाई बारम्बार ताकेता गरेका छौंं, विभागीय मन्त्रालय, सिडिओ अफिस पनि गुहारेका छौं तर पनि रफ्तारमा काम भएन ।’

ठेकेदार सम्पर्कमै नआउने समस्या भएपछि गत वर्ष असार १८ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको रोहवरमा ठेकेदार सुवित श्रेष्ठले २०७९ असार मसान्तसम्म काम सक्ने लिखित प्रतिवद्धता जनाएका थिए ।

सडकको बीच भाग (क्यारिज वे ) को काम पहिले पूरा गर्न आग्रह गरेपनि ठेकेदारले अटेरी गरेको आयोजना प्रमुख झाको गुनासो छ । सर्भिस लेनमा विद्युत पोलहरु सार्नु पर्ने काम बाँकी रहेको र प्राधिकरणले नै जिम्मा लिएको झाले बताए ।

सुरुमा सम्झौता गर्दा ४७ करोड २७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएकामा संशोधित हुँदा लागत बढेर ५३ करोड ९८ लाख रुपैयाँमा सम्झौता भएको हो । दोस्रो पटक थपिएको म्याद पनि सकिएपछि अब पुनः म्याद थपिने निश्चित भएको आयोजना प्रमुख झाले बताए ।

‘अब फेरि एक वर्षका लागि म्याद थप्न मिल्ने गरी सार्वजनिक खरिद ऐन संशोधन भएको छ, २१ दिनभित्र ठेकेदारले निवेदन दिन्छन् र ३० दिनभित्र म्याद थप हुन्छ’, झाले भने, ‘अब म्याद थप हुँदा प्रतिवद्धता अनुसार ६ महिनामा कामको प्रगति नदेखिए निर्माण कम्पनीलाई कारवाही हुन्छ ।’

खाल्डा र हिलोले अस्तव्यस्त सडकका कारण यात्रा गर्न निकै कठिनाइ हुने गरेको स्थानीय रोनिश श्रेष्ठले बताए । ‘व्यस्त बजारको मुख्य सडकको अवस्था बेहाल छ, पानी पर्दा मोटरसाइकलमा त हिँड्नै सकिन्न’, श्रेष्ठले भने, ‘खाल्डा छलेर सवारी चलाउँदा दुर्घटनाको जोखिम उस्तै छ ।’

हिलो र खाल्डाखुल्डीका कारण सवारीसाधन छिटो बिग्रिने गरेको मोटरसाइकल चालक विमल पुरीले बताए । ठेकेदार कम्पनीले हालसम्म १३ करोड ६४ लाख रुपैयाँ भुक्तानी लगिसकेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् । निर्माण व्यवसायीका प्रतिनिधि प्रविण मिश्रासंग पटकपटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय