यी मन्त्रीहरू जसले बीचमै राजीनामा दिए, इज्जत जोगाए

काठमाडौं – नेपालमा यतिबेला अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । बजेट निर्माणमा बाहिरिया व्यक्तिलाई सामेल गराएको विषयलाई लिएर आलोचना र विरोध जारी छ ।

सडक र संसदमा अर्थमन्त्री शर्माको राजीनामाको माग उठेको छ । तर, शर्माले मरिगए राजीनामा नदिने अडान राख्दै आएका छन् ।नेपालमा केशरबहादुर विष्ट, शैलजा आचार्य, डा.रामशरण महत जस्ता नेता पनि थिए, जसले आफ्नो चरित्रमा कसैले औंला उठाउनेवित्तिकै पदबाट राजीनामा दिए । दशरथ रंगशालामा भागदौड मच्चिँदा दर्जनौको मृत्यु भएपछि तत्कालीन शिक्षामन्त्री विष्टले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । गिरिजाप्रसाद कोइरालाको सरकारमा कृषिमन्त्री रहेकी शैलजा आचार्यले भ्रष्टाचार बढेको आरोप लगाउँदै पदबाट राजीनामा दिएकी थिइन् ।

त्यसपछि शैलजा कहिल्यै राजनीतिमा माथि उठिनन् । यद्यपि उनको स्वच्छ छविको सधैं चर्चा हुने गरेको छ । विदेशी बैंकमा रकम राखेको भन्दै संसदमा सांसदहरूले प्रश्न उठाएपछि तत्कालीन अर्थमन्त्री रामशरण महतले पदबाट राजीनामा दिएका थिए ।

यस्तै, कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नैतिकताको आधारमा राजीनामा दिए । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राको चरित्रमाथि प्रश्न उठाएपछि शेरबहादुर तामाङले कानुनमन्त्री पदबाट इमान्दारीतापूर्वक राजीनामा दिए ।

एमालेका नेता गोकुल बास्कोटाले ७० करोड काण्डको बात लागेपछि तत्काल राजीनामा दिए । तर, अहिलेका अर्थमन्त्री शर्माले भने आफूमाथि दर्जनौं आरोप लाग्दासमेत पदबाट राजीनामा दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय