अर्थमन्त्री प्रकरणबारे आजै छानबिन समिति बनाउन कांग्रेस उपसभापतिको माग-

सुर्खेत । नेपाली कांग्रेसका प्रभावशाली नेता उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री प्रकरणमा मुख खोलेका छन् ।

उनले बजेट निर्माणबारे आम जनताको समेत चासो बनिसकेपछि यो विषयलाई संसदीय छानबिन समिति बनाएर टुंगो लगाउनुपर्ने बताएका छन् ।आज बिहानै फेसबुकमा लेख्दै खड्काले विगतमा पनि संसदीय छानबिनको परम्परा रहेको स्मरण गरेका छन् ।

‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसदको यस्तो परम्परा छ ’, खड्काले लेखेका छन् ।

उनले यो विषय निरुपणका लागि ढिला नगर्न भनेका छन् । ‘बरु ढिलो नगरौं संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाउँ ’, उनको भनाइ छ ।

यसअघि सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकै महामन्त्री गगन थापाले पनि अर्थमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए । करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सीसीटीभी फुटेज १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय