रोजगार संयोजक विष्णु महतको सक्रियतामा अवरुद्द सडक खुल्यो

गुल्मी । गयराती परेको अविरल वर्षाको कारण अवरुद्द सडक झन्डै १२ घन्टापछि खुलेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ३ स्थित इन्द्रेगौडा भन्ज्याङ सडक खण्डको बाटोको बिचमा माथिबाट आएको पहिरोको कारण सडक अवरुद्द भएको थियो सोमबार राति परेको वर्षातका कारण पहिरोले सडक अवरुद्द भएकोले कतिबेलादेखि सडक अवरुद्द भएको हो भन्ने थाहा पाउन नसकिएपनि मंगलबार बिहानैदेखि आवातजावत गर्ने सवारी र यात्रुहरुलाई सास्ती भएको थियो

राष्ट्रपति रनिंगशिल्डको लागि चन्द्रकोट गाउपालिकाबाट तम्घासमा सहभागी भएर फर्केका विद्यार्थीहरुले सामेत सास्ती भोगेका थिए उक्त समस्या मुसिकोट नगरपालिकाका रोजगार संयोजक विष्णु महतले थाहा पाउनेवित्तिकै सडक खुलाउन भरपुर प्रयास गरेपनि जेसिभिले ढुंगा र माटो पन्छाउन कठिन भएपछि स्काभेटर लगाएर सडक सुचारु गरिएको पत्रकार हुकुम थापाले बताउनुभएको छ

सडक खुलाउन झन्डै १२ घण्टा लागेको थियो,बिहान ५ बजेदेखि सडक खुलाउन सुरु गरिएपनि साझ ५ बजेपछिमात्र सडक सुचारु भएको थियो

अवरुद्द सडक खुलाउन रोजगार संयोजक विष्णु महत,पत्रकार हुकुम थापा स्थानीयवासी,मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषाल,नगरप्रमुख जीवन खरेल,वडाध्यक्ष शंकर रायमाझी,समाजसेवी बीर बहादुर गुरुङ लगायतले बिहानैदेखि भरपुर प्रयास गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय