सेवाग्राहीको फाईल पाँच मिनेट बढि नरोक्न नगरप्रमुख पन्थीको निर्देशन

गुल्मी-  गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले सेवाग्राहीको कामलाई पाँच मिनेट भन्दा बढि नरोक्न निर्देशन दिएका छन । बढि रोकिने र एउटै कामले पटक पटक नगरपालिका धाउँन सेवाग्राहीलाई झन्झटिलो हुन नदिन नगरपालिका सम्पुर्ण शाखा प्रमुखलाई नगरपालिकाका प्रमुख पन्थीले निर्देशन दिएका छन ।

पन्थीले नगरको भौतिक विकास आर्थिक विकास संगै यहाँका हरेक सुशासनका कुरा हरेक बिषयमा पारदर्शी ढङ्गले अगाडि बढ्न निर्देशन दिएका छन् । सेवाग्राहीका कामलाई झनझटिलो नहुने गरि सहज तरिकाले पाँच मिनेटमै सकिने गरि अगाडि बढन पन्थीले निर्देशन दिएका हुन ।

पन्थीले कर्मचारीलेलाई निर्देशन दिदै भने सेवाग्राहीले गुनासो नराख्ने गरि काम गरौं काम गर्न सहज र छरितो कसरी हुन्छ त्यसलाई पनि अपनत्व हुने गरिू लाग्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय