काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेको छ।

जसपाको उपेन्द्र यादव पक्षले संसदीय दल र कार्यकारिणी समितिमा आफ्नो बहुमत रहेको बताउँदै कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको हो।

विभाजनको संघारमा रहेको जसपामा उपेन्द्रकै पक्षमा रहने ग्रीन सिग्लन दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ।

तीन जनालाई फिर्ता बोलाएपछि बाबुराम भट्टराईको पक्षबाट अलग भएका इस्तियाक राई सँगै प्रदीप यादव र मृगेन्द्र सिंहलाई नयाँ मन्त्रीको रुपमा सिफारिस गरिएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार जसपाले राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषिमन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिएको छ। कृषिमन्त्रीका लागि सिफारिस भएका सिंह राष्ट्रिय सभा सदस्य हुन्।

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here