चुनावमा एक्लै जाँदा पराजित हुने भएपछि ओलीले यतिसम्म गरेका रहेछन्, महन्थले खोलिदिए पोल

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धन तोड्न अनेक हर्कत गर्दै आएका छन् । तर, जतिसुकै उनले फन्डा निकाले पनि सत्तारुढ गठबन्धन टुट्ने संकेत देखिएको छैन ।

कतिसम्म भने असार १७ गते सत्तारुढ गठबन्धन तोडिनेसम्मको उनले भविष्यवाणी गरे । तर, आज असार १९ गते भइसक्यो । कहीँकतै सत्तारुढ गठबन्धनका दलहरूबीच विमति देखिएको छैन । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा कसरी सरकारको नेतृत्व टुंग्याउने भन्नेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरू जुटेका छन् ।

यही बीचमा ओलीले वामदेव गौतममार्फत कम्युनिस्ट पार्टीबीच एकता गर्न नयाँ फन्डा अगाडि ल्याए । वामदेवको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन भयो । तर, सात दिनमै वामदेव सो पार्टीबाट निकालिए ।

वामदेवले ओली र प्रचण्डलाई भेटेर कम्युनिस्टबीच एकता गर्न दबाब दिँदै आफू फेरि प्रधानमन्त्री बन्ने दौडमा सामेल भएपछि उनलाई अध्यक्षबाट बर्खास्त गरिएको हो । जतिजति निर्वाचनको दिन नजिकिँदै छ, त्यति त्यति ओलीको चलखेल बढिरहेको छ ।

ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसमक्ष प्रस्ताव गरेको खुलेको छ । काठमाडौंमा जारी लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरूसँग राय मागेका छन् ।

‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ,’ ठाकुर निकट एक नेताले भने । बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको बताइएको छ ।

लोसपा अध्यक्ष ठाकुर भने अहिलेको सत्तारुढ गठबन्धनमा सामेल हुन खोजिरहेका छन् । ठाकुरले दुईदुईपटक प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गरी सरकारमा सामेल गरिदिन आग्रह गर्दै आएका छन् ।

तर, एमाले अध्यक्ष ओलीले भने ठाकुरलाई अझै पनि आफ्नो पार्टीसँग मिलेर जान अलमल्याइरहेका छन् । लोसपा र एमालेबीच कहीँकतै विचार र सिद्धान्त मिल्दैन । लोसपा र कांग्रेसबीच हरेक विषयमा कुरा मिल्ने गरेको छ । निर्वाचनमा पछारिने डरले ओलीले लोसपाको सहारा लिन खोजेका हुन् । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय