चुनावी गठबन्धन बनाउने सम्भावनाबारे एमाले प्रवक्ताको जवाफ

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दा अन्य दलहरूसँग गठबन्धन गर्न सक्ने संकेत गरेको छ ।

सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सत्तारुढ गठबन्धन चुनावसम्म भत्किन सक्ने दाबी समेत गरे । ‘सत्तारुढ गठबन्धनमा रहेका दलहरूको आआफ्ना गुनासो छन् । एक अर्काप्रति अविश्वासको वातावरण छ । यो गठबन्धन चुनावसम्म सग्लो रहला भन्ने हामीलाई लाग्दैन,’ गुरुङले भने ।

के एमालेले पनि अर्को गठबन्धन निर्माणका लागि पहल गर्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हेर्दै जाऊँ, हामी आफ्नो हातखुट्टा बाँधेर राख्दैनौँ । राजनीतिमा सबैले आआफ्नो खेलो फड्को गरिहाल्छन् । हामी जस्तालाई तस्तै ढिँडालाई निस्तैको मनस्थितिमा छौँ ।’

अहिलेसम्म गठबन्धनको विषयमा टिम बनाएर छलफल सुरु नगरिएको तर व्यक्तिगत स्तरमा कुराकानी भइरहेको उनले उल्लेख गरे ।

एमालेले आफ्नो शक्ति बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखेको गुरुङले बताए ।

अहिलेको गठबन्धनले गरिरहेका जनविरोधी र राष्ट्रविरोधि कामलाई जनताका बीचमा पर्दाफास गर्ने तथा विगतमा आफ्नो सरकारले गरेका राम्रा कामको प्रचार गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय