FILE PHOTO

काठमाडौं – जे हुन्छ नेपालकै राजनीतिमा हुन्छ, त्यो पनि कम्युनिस्ट पार्टीमा भन्ने भनाइ नै स्थापित भइसकेको छ । कम्युनिस्ट पार्टीमा कसले कसलाई कुन बेला निष्कासन गर्छ, कारबाही गर्छ भन्ने कसैले पनि अनुमान गर्नसक्दैन ।

यस्तै भयो शनिबार । सात दिनअघि पार्टी गठन गरेका वामदेव गौतमलाई निकालिएको समाचार भाइरल बन्यो । एकाएक समाचार आएपछि सबै आश्चर्यमा परे ।

सात दिनअघि मात्र पार्टी घोषणा गरेका वामदेवलाई पार्टीबाट निष्कासित गरेको समाचारप्रति धेरैलाई विश्वास लागेन । तर, नेकपा राष्ट्रिय एकता अभियानमा सामेल भएका तीन पार्टीका अध्यक्षको विज्ञप्ति नै रहेको देखेपछि सबै विश्वास गर्न बाध्य भए ।

तर, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ । अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै राजीनामा दिएका सफलले गौतमलाई निष्कसन गरेको भन्ने खबर सत्य नभएको बताएका छन् ।

‘अभियानका नौजना सचिवालय सदस्यहरूमध्ये युवराज सफलले ०७९ असार १६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नुभएको र १७ असारमा संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भई राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ।’

पाण्डेले भने । सञ्चारमाध्यमले सफल नेतृत्वको सचिवालय बैठकले संयोजक गौतमलाई निष्कासन गरेको भन्ने गलत समाचार भएको उनको भनाइ छ । साथै, गौतमसमक्ष सफलले राजीनामा दिएको पत्र प्रचार विभाग प्रमुख पाण्डेले सार्वजनिक गरेका छन् ।

गौतम नेतृत्वको अभियानमा संलग्न हुन आएका आधुनिक नेपाल समाजवादी पार्टी नेकपा (राष्ट्रवादी), आमनेपाली पार्टीका प्रमुखहरूलाई अन्य दलसँग वार्ता गर्न गठन गरिएको वार्ता टोलीमा गौतमले समावेश नगरेको तथा सचिवालय गठन गर्दा उक्त पार्टीका नेताहरूलाई नराखेपछि राजीनामा दिएको सफलले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here