पार्टी गठनको सातौं दिनमै वामदेव गौतम निष्कासित !

काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको पार्टी गठन भएको एक हप्ता नपुक्दै निष्कासित भएका छन् ।

अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट वामदेवलाई निष्कासन गरीएको हो। गौतमको ठाउँमा युवराज सफललाई संयोजक बनाइएको छ । वामदेव नेतृत्वमा सो अभियानले पार्टीको आकार लिएको एक साता पनि पुगेको छैन ।

अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोप समेत लगाएका छन् ।

गौतममाथि सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् । गौतमको पार्टीमा विभिन्न चार घटक मिसिएका थिए ।

उनले केपी ओली,प्रचण्ड,माधव नेपाल लगायतका नेताहरूलाई भेटेर वाम एकताको प्रस्ताव राखे लगत्तै एकलौटी गरेको भन्दै चार घटकले निष्कासन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय