कांग्रेस र माओवादीका जिल्ला नेता एमालेमा प्रवेश

बागलुङ – बागलुङ जिल्लाको चर्चित नेता तथा कार्यक्रता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेर एमालेमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी बागलुङका जिल्ला स्तरीयत नेता तथा कार्यक्रर्ता सहित एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिका पूर्व सचिव तथा महाधिवेशन प्रतिनिधि नवराज पौडेल, नेपाली कांग्रेसकी जिल्ला सदस्य तथा महाधिवेश प्रतिनिधि मञ्जु चालिसे, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटिका अध्यक्ष तिलक उप्रेती, बडिगाड गाउँपालिका–५ वडा अध्यक्ष विष्णु आचार्य, ताराखोला गाउँपालिका–५ का याम बहादुर रोका मगर लगायतका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले आदर्श सञ्चारलाई जानकारी दिनुभयो ।

यस्तै गलकोट नगरपालिका–११ का नगेन्द्र बहादुर काउचा, गलकोट नगरपालिका ९ का तुलसी गौतम, गलकोट नगरपालिका–४ का धन प्रसाद सुवेदी, गलकोट नगरपालिका–६ का बद्री रेग्मी र गणेश बुढाथोकी, गलकोट नगरपालिका –३ का हेम बहादुर बोहोरा र बसन्त बोहोरा, गलकोट नगरपालिका–६ का शेख अमिर मिया, गलकोट नगरपलिका–३ निवासी डा. आशिष चालिसे र गलकोट नगरपालिका–५ का प्रेम खत्री प्रवेश गर्नुभएको हो ।

यस्तै कार्यक्रममा डा. प्रतिक थापा, डा. प्रवल तिवारी र इन्जिनियर सौगात क्षेत्री लगायत एमालेमा प्रवेश गरेका हुन् । । पूर्व पार्टी सचिव नवराज पौडेल एमाले नेतृ उषा पौडेलका श्रीमान हुनुहुनछ ।

नेपाल मिहला संघकी नेतृ रहनुभएको पौडेललले स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरि एमालेबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा निर्वाचन लड्नु भएको थियो । यस्तै महिला नेतृ मन्जु चालिसे कांग्रेसबाट बागी उठ्नुभएको थियो । पार्टीले टिकट नदिएको भन्दै असन्तुष्ट हुनुभएको चालिसेले स्वतन्त्र रुपमा मुडा चिन्ह लिएर गलकोट नगरपालिकाको नगरप्रमुखमा चुनाव लड्नुभएको थियो ।

कांग्रेसकी चर्चित नेतृ चालिसे, पूर्व पार्टी सचिव पौडेल र माओवादीको नगर अध्यक्ष उप्रेती एमालेमा प्रवेश गरेपछि बागलुङको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । – आदर्श अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय