एमाले र एकीकृत समाजवादीमा को बलियो ?

नेपाल कम्युनिष्ट पार्टी एमाले र एकीकृत समाजवादीमा केन्द्रमा आएको विभाजनको प्रभाव प्रदेश र जिल्ला तहमा पनि पुगेको छ। यसैक्रममा बर्दिया जिल्लामा पनि एमाले र एकीकृत समाजवादीमा को बलियो भनेर आकलन गर्न थलिएको छ ।

बर्दिया, नेकपा एमालेको नवौ महाधिवेशनको परिस्थितिलाई बिश्लेषण गर्ने हो भने बर्दियामा मुलतः बामदेव भर्सेस ओलिको तिब्र प्रतिस्पर्धा थियो । पश्चिमी नेपालको जिल्लाहरु मध्ये बर्दिया जिल्ला माधव नेपालको प्रभाव शुन्य भएको जिल्ला हो । तर पार्टी बिभाजन सङ्गै बर्दियाको राजनीतिमा ठुलाे परिवर्तन आएको छ ।

हिजो बामदेवपक्षमा रहेका एमाले पार्टी उपाध्यक्ष लालबहादुर श्रेष्ठ, सचीव शालिकराम अधिकारी जस्ता नेताहरू केपि ओलिको झन्डा उचालिरहेका छन भने केपि ओलिपक्षधर इन्द्र रावल,बम रावल, डा.झा, श्रीजना थापा, चन्द्रा चन्द जस्ता प्रभावसाली नेताहरु माधवको पक्षमा खडा भएका छन ।

मदन भण्डारी फाउन्डेसन बर्दियाका अध्यक्ष इन्द्रबहादुर रावलले बर्दिया फाउन्डेसनको बर्दिया जिल्ला कमिटी नै भङ्ग गरेर सिङ्गो कमिटी सहित नै माधवको पार्टीमा प्रवेश गरे । युवा विद्यार्थीहरुको ठुलाे जमात माधवपक्षिय नेकपा एकीकृत समाजबादीमा लागेको देखिदैछ ।

बर्दियाका युवा बिध्यार्थी नेताहरू बिनोद जोशी, दान बहादुर बुढा,मनु अधिकारी,दिलिप,प्रकाश केसि जस्ता प्रभावशाली युवा नेताहरु माधवपक्षमा लागेपछि नेकपा एकीकृत समाजबादीको पलडा भारि भएको हो । केही समय अगाडि केपि पक्षिय युवा संघको बर्दिया इन्चार्ज शिव रिमाल माधवपक्षमा उभिएपछी केपि पक्षकाे सङ्गठनमा ठुलाे भुइचालो गयो ।

यसरी शुन्यप्राय रहेको माधवपक्ष बर्दियामा अचानक प्रमुख शक्तिको रूपमा आउनुमा दामोदर अर्यालको प्रमुख हात रहेको बताइन्छ । उनी कुनै बेला कडाखालकाे केपि पक्षधर मानिन्थे । मदन भण्डारी फाउन्डेसनको केन्द्रिय सदस्य रहेका दामोदर अर्याल एमाले पार्टीको साबिक भेरी अञ्चल कमिटीको प्रभावसाली सदस्य भै युवा विद्यार्थी इन्चार्ज पनि थिए । हालसम्म एमालेका केन्द्रिय युवा तथा खेलकुद बिभागका सचिव रहेका अर्याल माधवपक्षमा लागेपछि बर्दिया एमालेमा पहिरो गएको मानिन्छ ।

अर्याल माधवपक्षमा उभिएपछी बर्दियामा केपिपक्ष डरलाग्दो गरि कमजोर भएको छ । केपिपक्षिय नेताहरु लालबहादुर श्रेष्ठ र शालिकराम अधिकारी क्रमशः बढैयाताल गाउपालिकाकाे अध्यक्ष र बासगढि नगरपालिकाकाे मेयर पनि हुन । उनिहरु दुबै भ्रस्टाचारको मामिलामा अत्यन्त गनाएको हुनाले पनि त्यसको फाईदा नेकपा एकीकृत समाजबादीले उठाएका छन ।

हालै बढैयाताल स्थित अपुतालि जग्गा ब्यक्तिको नाममा पास गरेको मामिलामा उनी अख्तियारको छानबिनको दायरामा परेका छन । यसको प्रभाव पनि सङ्गठनमा परेकाे छ ।

आउने स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी र माओबादी गठबन्धनसहित जाने हाे भने केपि ओलिकाे एमाले बर्दियामा पत्तासाफ हुने तर्फ सबैको अनुमान छ ।

बर्दियाको समग्र राजनीतिलाई एकशब्दमा भन्ने हाे भने नवाै महाधिवेशनकाे क्रममा सङ्गठित भएको सम्पुर्ण केपि पक्षधरहरु अहिले माधवपक्षमा देखा परेकाे छ भने बामदेवपक्षधरहरु केपितिर लागेका छन । यस्ताे परिदृश्यले माधवको पार्टी ह्वात्तै अगाडि आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय