मोटरसाइकले ठक्कर दिँदा दुई जनाको मृत्यु

रूपन्देही । बिहीबार राति दाङमा मोटरसाइकलले दुई साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

राति पौने नौ बजे घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही– ७ बेसाईमा सडकमा गुडि रहेका २ वटा साइकलमा ठक्कर दिएको हो।

दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका वडानम्बर १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मुकुन्दप्रसाद रिजालका अनसार घाईते दुई जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो।

उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार घोराही– ७ का ३८ वर्षीय बसन्त चौधरीको अवस्था गम्भीर छ। चौधरीको नाक, मुख र टाउकोमा गहिरो चोटपटक लागेको रिजालले बताए।

उक्त घटनामा घाईते भएका साइकलमा सवार घोराही– १५ का विनोद भण्डारीको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार भई रहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय