देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विधानअनुसार चल्न नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको आफूपक्षीय नेताहरूसँगको छलफलमा नेता कोइरालाले यस्तो बताएका हुन् छलफलमा नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार भए पनि कांग्रेसजन र नागरिकको तहमा त्यसको आभाष हुन नसकेको समेत दाबि गरे ।

उनले अर्थ मन्त्रालयमा अरबौँको चलखेल र लेनदेनमा मन्त्री मुछिएपनि देउवाले कारबाहि नगरेको जिकिर गरे।

भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।

बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेको कोइराला पक्षको ठहर छ

पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय