शेखर समूहको भेला–‘रचनात्मक विद्रोह’को चेतावनी

काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरवहादुर देउवाले एकलौटी गरेको र सिंगो पार्टीको नेतृत्व गर्न नसकेको भन्दै डा.शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ ।

विहीवार बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा भएको भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बैठकपछि कांग्रेस नेता चन्द्र भण्डारीले बताए ।

कस्तो खालको विद्रोहको घोषणा गर्ने र अबको कदम के हुने भन्ने बारेम शुक्रवारको बैठकले टुंगो लगाउँने उनले जानकारी दिए । शेखर पक्षको बैठक शुक्रवार अपरान्ह पुनः बस्ने भएको छ ।

आफूहरुको विचार समूहलाई कसरी लैजाने भन्ने कुरा पनि उठेको भन्दै भण्डारीले चाणक्यले किन चन्द्रगुप्त बनाएका रहेछन् भन्ने कुरा कांग्रेसभित्र देखिएको टिप्पणी गरे । उनले सभापति देउवा कांग्रेसको नभएर गुटकोमात्र नेता बनेको बताए ।

देउवा कांग्रेसको सभापतिभन्दा पनि गठबन्धनको सभापतिको भूमिकामा देखिएको विषयमा शेखर समूहमा छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय