अध्यक्ष बन्ने धोको नयाँ पार्टी खोलेर पूरा गर्दै वामदेव

काठमाडौं – तत्कालीन नेकपा पार्टी फुटाउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका निभाएका वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन् ।

वामदेवको पार्टीमा रहने केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक भइसकेको छ । उनले आजै निर्वाचन आयोग पुगेर नयाँ पार्टीको दर्ताका लागि निवेदन दिँदै छन् । पार्टीमा उनले श्रीमती तुलसा थापा र छोरा हरिश गौतमलाई पनि केन्द्रीय सदस्य बनाएका छन् । पार्टी अध्यक्ष बन्ने धोको वामदेवको पुरानै हो । ०५४ सालमा उनले एमाले फुटाएर माले गठन गरेका थिए ।

जसको महासचिव उनी आफैं थिए । पार्टीको अध्यक्ष साहना प्रधान थिइन् । पछि सो पार्टी उनले एमालेमै मिलाए । फेरि २५ वर्षपछि वामदेवले नयाँ पार्टी खोल्न लागेका हुन् । तर यसपटक भने नयाँ पार्टीको अध्यक्षमा आफैंलाई राखेका छन् ।

उनले केही समयअघि एमालेको उपाध्यक्ष पद त्यागेका थिए । एमालेमा रहँदा राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत भएर उनी सांसद बनाइएका थिए ।

गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने छ ।गौतमले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लागेका हुन् ।

घोषणा हुन लागेको पार्टीमा निर्वाचन आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादी एकता गरिएको पाण्डेले जानकारी दिए । उक्त पार्टीमा आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि सामेल हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय