काग्रेसलाई ठेगान लगाउँन प्रचण्ड र माधवले बनाइरहेको भित्री डिजाइनको खाकानै बालुवाटार पुग्यो !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले केहि समय अघि अहंकार बढेमा नेपाली काग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाइदिने अभिव्यक्ति दिएका थिए । प्रचण्डले भने जस्तै काग्रेसलाइ साइजमा राख्ने मास्टर प्लान बनिसकेको खुलासा भएको छ ।

स्थानिय तहको निर्वाचनमा काग्रेसले आफु मात्रै जित्ने गरि गठबन्धनमा इमान्दार नदेखिएको र आफुहरुलाई युज मात्रै गरेको निष्कर्ष सहित नेकपा माओवादी केन्द्र , नेकपा एस , जसपा र राष्ट्रिय जनमोर्चाले संगठित रुपमै मोर्चाबन्दीको प्रयास थालेका छन् ।

प्रतिनिधीसभाको निर्वाचनमा पनि काग्रेससँग गठबन्धन गर्नु पर्छ भन्ने अभिव्यक्ती त प्रचण्ड या माधव नेपालले पटक पटक दिइराखेका छन् तर काग्रेसले भने जती सिट नदिन सक्ने सम्भावनालाई समेत मध्येनजर गरेर सके काग्रेससँग बार्गेनिङ गरेर धेरै भन्दा धेरै सिट लिने नसके काग्रेसलाई हराउँन सक्ने तागत कसरी बनाउँने भनेर प्रचण्ड , माधव देखी उपेन्द्र यादवसम्मले भित्री खेल खेल्न थालेका छन् ।

शेरबहादुर देउवालाई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउँन एक जुट भएका माओवादी केन्द्र , नेकपा एस , जसपा र राष्ट्रिय जनमोर्चाले काग्रेसको बार्गेनिङ पावरलाई कमजोर बनाउँनका लागी गठबन्धन भित्रै उप गठबन्धनको तयारी गरेका छन् ।

काग्रेसले भने जति सिट नदिने र त्यसो गर्दा चुनावमा कमजोर बनिने निष्कर्ष सहित उनीहरुले काग्रेस बाहेकको छुट्टै गठबन्धनको तयारी गरेका छन् । देशैभरीका निर्वाचन क्षेत्रमा व्यवहारिक दृष्टिकोणले पनि काग्रेससँग गठबन्धन गर्न नसकिने भन्दै उनीहरुले त्यस्तो अवस्थामा काग्रेस बाहेकका दल मिल्ने गरि उपगठबन्धनको तयारी गरेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका दोस्रो तहका नेताहरुले तयार पारेको गठबन्धनको प्रस्तावित खाकालाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच दिनहुँजसो छलफल भइरहेको छ ।

नयाँ गठबन्धन बनाउने तयारी गरिरहेका दलका एक शीर्ष नेताका अनुसार तीन पार्टीबीच हुने गठबन्धनको प्रस्तावित नाम लेफ्ट डेमोक्रयाटिक अलायन्स (वाम–लोकतान्त्रिक गठबन्धन) राखिएको छ । यद्यपि यही नामबाट चुनावी मैदानमा जाने वा नजाने विषयको टुंगो भने तीन दलको शीर्ष नेताको बैठकले लगाउनेछन् ।

तालमेल गर्दा सिट बाँडफाँट समेत सुरुमै गर्ने र आफ्नो भागमा परेको निर्वाचन क्षेत्रमा चुनावी तयारी पनि थाल्ने नेताहरु बताउँछन् । निर्वाचन क्षेत्र भागवण्डाका लागि तीनवटा विषयलाई आधार मानिएको माओवादी केन्द्रका एक नेताले बताए ।

उनका अनुसार, यसअघि जितेको निर्वाचन क्षेत्र, दोस्रो या तेस्रो भएको निर्वाचन क्षेत्र र स्थानीय तह निर्वाचनको परिणामका आधारमा सिट बाँडफाँट गर्नेगरी सहमतिको खाका बनिरहेको छ ।

नेकपा एमालेसहितको वाम गठबन्धन गर्ने विषयमा दोस्रो पुस्ताका नेताहरु छलफलमा रहे पनि त्यसको सम्भावना लगभग सकिएको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रका १६५ मध्ये कांग्रेससँग बढीमा २५ क्षेत्रमा गठबन्धन हुन सक्ने आकलन गरी बाँकी १४० क्षेत्रमा तीन दलबीच तालमेल गर्ने गरी सहमतिको मस्यौदा तयारी भइरहेको छ । तर तीन पार्टीले कति कति सिट लिने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

सिट संख्यामा सहमति भएमा त्यसकै आधारमा कांग्रेससँग छलफल गर्ने उनीहरुको तयारी छ । १४० सिटमध्ये माओवादीले ७० सिट आफूहरुले पाउनुपर्ने प्रस्ताव गरेको छ । बाँकी ७० सिटमा जसपा र एकीकृत समाजवादी केन्द्रले करिब ४०/३० को हाराहारीमा सिट बाँडफाँट गर्ने गरी माओवादीले तयार पारेको प्रस्तावमा बाँकी दुई दल सहमत छैनन् ।

हाल सत्तारुढ गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा र अरु कम्युनिष्ट दलहरु पनि तालमेलमा आए भने कसरी भागबण्डा मिलाउने भन्नेबारेमा पनि केही दिनमै निष्कर्षमा पुगेर चुनावी तयारीमा जाने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय