रामचन्द्र पौडेलले प्रश्न गर्दै भने रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउछ ?

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैको पालो पुर्याउन मन्त्री फेर्ने संस्कृतीले समाजवाद नआउने दावी गरेका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्य स्मृती प्रतिष्ठानले शुक्रबार आयोजना गरेको अन्तरक्र्रियामा यस्तो धारणा राखेका हुन् । पौडेलले मन्त्रालयबाट विदाइ हुदा राम कुमारी झाँक्री धरधरी रोएको प्रसंगलाई कोट्याउदै सो कुरा बताएका हुन् ।

 उनले प्रश्न गर्दै भनेः के राम कुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउछ ? हामी समाजवादको नारा फलाक्ने तर घोर प्रतिक्रीयावादी कामहरु गर्ने ? यसरी चल्दैन ? 

पौडेलले कम्युनिष्टहरुको आचरण समाजवाद अनुकुल नभएको पनि जानकारी गराए । संविधानले दिएका अधिकार कार्यान्यन गरेर मात्र समाजवादको जग बसाल्न सकिने नेता पौडेलको भनाइ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय