माधव नेपालविरुद्ध यतिसम्मको षड्यन्त्र भएको रहेछ, यस्तो रहेछ रहस्य

काठमाडौं – मन्त्री हेरफेरको विषयलाई उचालेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदबाटै हटाउनेसम्मको षड्यन्त्र भएको खुलेको छ । मन्त्री हेरफेरको विषयप्रति असन्तुष्टि जनाउँदै १० सांसदले अध्यक्ष नेपाललाई हस्ताक्षर बुझाएका थिए ।

त्यसपछि निवर्तमान मन्त्री प्रेम आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका लिएका थिए । बाँकी चारजनाले भने लिएनन् । अघिल्लो दिनसम्म हस्ताक्षर गर्ने ६ जनाले फिर्ता लिनुको कारणबारे प्रेम आलेले सार्वजनिक रूपमै सबैको पोल खोलिदिएका छन् ।

उनले मन्त्री हेरफेरको विषयलाई उचालेर माधव नेपाललाई अध्यक्षबाट हटाउने खेल भएको बताएका हुन् । सम्मानित नेता झलनाथ खनाल माधवलाई हटाएर आफू अध्यक्ष बन्न लागिपरेका छन् । अध्यक्ष बनेपछि एमालेसँग चुनावमा तालमेल गर्ने उनको भित्री रणनीति छ ।

सोमबार प्रकाशित एक दैनिक पत्रिकासँगको कुराकानीका क्रममा आलेले एकीकृत समाजवादीभित्र भएको खेलबारे यसरी उल्लेख गरेका छन् । ‘मन्त्री हेरफेर गर्ने विषयमा पार्टीले गरेको निर्णयप्रति हाम्रा केही ‘रिजर्भेसन’ थिए ।

त्यसै सन्दर्भमा हामीले आफ्ना कुरा राख्न दलको बैठक बोलाउन लिखित माग गरेका थियौँ । दलको नेताले नै हामीलाई मन्त्री बनाउनुभयो । केही साथीहरूले उहाँ (माधव नेपाल) लाई नै हटाउनेसम्मको षड्यन्त्र रचेको थाहा पाएपछि मसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका हौँ । नेता हटाउने उद्देश्यले दलको बैठक बोलाउन माग गरेका थिएनौँ ।

पार्टी अध्यक्षलाई सहयोग गर्नुपर्छ र चित्त नबुझेको कुरा पार्टीभित्रै राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । माधव नेपालले हामीलाई मन्त्री बनाउने अनि हामीले उहाँलाई नै दलको नेताबाट हटाउने ? यस्तो पनि मिल्छ ?

दलको नेतालाई हटाउने भन्नेसम्मका कुरा आएपछि हाम्रो हस्ताक्षर दुरुपयोग भयो भन्ने लागेर हामी ६ जनाले फिर्ता लिएका हौँ । त्यसअघि मैले कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ र धनबहादुर बुढा माननीयहरूसँग छलफल पनि गरेँ ।

मन्त्रीका लागि नाम प्रस्ताव गरिसकेपछि बधाईसमेत खाइसकेका, दौरा–सुरुवाल पनि सिलाइसकेका नेतालाई रोक्न मिलेन नि ? अध्यक्ष माधव नेपालले अर्कोपटक मन्त्री बनाउँदा भूगोल, लिंगलगायत सबै विषयमा सोचविचार गरेर समावेशी ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो,’ उनले भनेका छन् ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय