अब को प्रधानमन्त्री जसरी हून्छ। गगन थापा बन्नुपर्छ त्यसको लागि म सहयोग गर्छुः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापाले प्रधानमन्त्री बन्छु भनेर सार्वजनिकरुपमा आए प्रस्ताव गर्ने बताएका छन् ।

एसपीपीमा एक आर्काबिच आरोप लगाएर जनतालाई रमिता देखाएको र यो विषयलाई नै बन्द गनुपर्ने उनले बताए । स्वतन्त्रले जितेकोमा दलहरुलाई कलेक्सन गर्नको लागि संकेत दिइएको र स्वतन्त्रलाई मतदातले मत दिदा नकारात्मक सोच्नु नहुने आफुहरु कसरी रुपान्तरित हुनु पर्ने भनेर सोच्नु पर्ने बताएका छन् ।

 उनले भने, ‘गगन थापाले अब देशको प्रधानमन्त्री हुन्छु भनेर आकांक्षा राखेर सार्वजनिकरुपमा आए भने, मैले भन्ने यति मात्रै हो, यो समाजका हरेक नागरिकलाई भन्दै गर्दा तपाईलाई पाको नेतृत्व चाहिन्छ, भने भरोसा गर्नुपर्छ, भने कांग्रेस हेर्नुस् सबै भन्दा पाको नेतृत्व कांग्रेससँगै छ,

 र तपाईलाई युवा नेतृत्व चाहियो भनेर कुन दललाई साथ गर्ने ? भरोसा गर्ने युवाहरुको जमना भनेर गर्नु हुन्छ भने पनि कांग्रेसलाई भरोसा गर्नुस्, युवा पदधकारी प्रधानमन्त्री पदमा दावा गर्ने युवाहरु नै कांग्रेस हो, उनले भने ।

 अरु भन्दा परिपक्क, जिम्मेवार, विचार, सिद्धान्त बोकेको र अरुको भन्दा सबल भिजन दुष्टिकोण भएको दल कांग्रेस भएको बताएका छन् ।

शर्माले भने– म भोली प्रस्तावक भए भने पनि त्यसमा के आप्पति मानु पर्ने के छ त ? गगन थापा प्रधानमन्त्री बन्नलाई अयोग्य व्यक्ति हुन भनेर सडकमा कसैले भनेर अगाडी छलफल गर्यो भने छलफल गरौलान।

 आफुहरु दुवै जना महामन्त्री भएकोले सबै काम कुरा सहल्ला गरेर योजनाबद्ध भएर गर्ने बोल्नु भन्दा पहिला सोचेर बोल्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय