काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने बताएका छन् ।

एकीकृत समाजवादीको पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने जानकारी दिए ।

‘पहिले सरकारमा सामेल हुँदा म आफैं बसेको बैठकले पत्र पठाएर उहाँहरू मन्त्री हुनु भएको हो । अब त्यस्तै पत्र पठाएर उहाँहरू फिर्ता हुनु हुन्छ र भोलि (शनिबार) सम्म नयाँ मन्त्रीको सपथ हुन्छ,’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले विगतमा आफ्नो पार्टीसँग थोरै सिट भएकाले ‘तपाईहरु (मन्त्री) लाई फिर्ता गरेर नयाँ मान्छे पठाउँछौं भनिएको थियो । उहाँहरू सबैले हुन्छ भन्नुभएको हो । अहिले मलाई थाहा छैन भन्नु बेकारको कुरा हो’ भने ।

बजेटमाथि संसदमा छलफल भइरहेको र मन्त्रीहरूले जवाफ दिने बेला मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय अलि अपरिपक्व रहेको पनि उनले स्वीकारे । तर, अहिले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयबारे जवाफ दिइसकेकाले मन्त्री हेरफेर उनको भनाइ छ ।

तर प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठलगायतले मन्त्री हेरफेर गर्ने निर्णय नमान्ने चेतावनी दिइसकेका छन् । उनीहरूले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । तर, पार्टी नेतृत्व भने उनीहरूको कुरा नै नसुनी नयाँ व्यक्तिलाई मन्त्री बनाउने तयारीमा लागेको छ 

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here