गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारस्थित महेन्द्र आदर्श नमुना माबिमा विद्यार्थीहरुमा अनौठो खालको समस्या आएपछि दुइ दिन बिद्यालय बनद हुने भएको छ


बिगत ४ दिन अगाडिदेखि विद्यालयमा विद्यार्थीहरुमा बेहोस हुने,स्वासप्रस्वास बढ्ने,धड्कन बढ्ने,डराउने,आत्तिने,कतिपय चिच्याउनेजस्ता समस्या आएको दुई दिनका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक देबिराम शर्माले बताउनुभयो ।एक्कासी विद्यार्थीहरुमा यस्तो अनौठो किसिमको समस्या आएपछि नजिकै रहेको वामीटक्सार स्वास्थ्यचौकीमा लगेर उपचार गरिएको र अवस्था सामान्य भएको बिद्यालयले बताएको छ ।

पहिलो दिन उक्त समस्या आएर उपचार गरेपछि अर्को दिन पहिलो दिन समस्या देखिएकाहरुमा निको भएपनि अरु विद्यार्थीमा त्यस्तो समस्या दोहोरिएको हो । दुइ दिन लगातार किशोरीहरुमा बेहोस हुने समस्या देखिएपछि मुसिकोट नगर स्वास्थ्य शाखाद्वारा विद्यार्थीहरुलाइ मनोसामाजिक परामर्श दिइएको नगर स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिनुभयो ।

लगातार दुइ दिन किशोरीहरुमा समस्या देखिएर परामर्श दिएपछि ती किशोरीहरु निको भएर विद्यालयमा पनि आए तर तेस्रो दिन भने छात्रहरुमा पनि यो समस्या आएको र उपचार गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो ।विद्यार्थीहरु बेहोस हुने समस्या चौथो दिनसम्म पनि नरोकिएपछि बुधबारदेखि दुई दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको बताईएको छ ।

गर्मीको समय,खानपान र पानीको आपूर्ति कम हुदा र विद्यार्थी सोचाइमा परेको समयमा यस्तो समस्या आउने भएपनि खास समस्या के हो भन्ने पुष्टि भने नभएको शाखा प्रमुख जिसीले बताउनुभयो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here