file photo

काठमाडौं – सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको आरोपमा मुद्दा खेपेका पूर्वमन्त्री विक्रम पाण्डेले विशेष अदालतबाट सफाइ पाएका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध साढे दुई अर्ब रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तर विशेष अदालतले पाण्डेसहित २१ जनालाई सफाइ दिएको छ । पाण्डे राप्रपाका उपाध्यक्षसमेत हुन् । चितवन निर्वाचन क्षेत्र ३ भएका पाण्डेले भ्रष्टाचारको मुद्दाबाट सफाइ पाएपछि सबैभन्दा ठूलो टेन्सन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई परेको छ । विशेष अदालतको फैसलाले एमाले अध्यक्ष केपी ओलीलाई ठूलो राहत भएको छ ।

किनभने ओलीले प्रधानमन्त्री भएकै बेला गत वर्ष पाण्डेलाई एमाले प्रवेश गराउने अन्तिम तयारी गरेका थिए । तर, विशेष अदालतले क्लिन चिट नदिएकाले सम्भव भएको थिए । ओलीको प्रधानमन्त्री पद पनि असारमै गुमेको थियो ।ओली पाण्डेलाई एमाले प्रवेश गराएर चितवन ३ मा प्रचण्डलाई काउन्टर दिन चाहिरहेका छन् । पछिल्लो समय राप्रपाको जनमत बढेको देखिएकाले पाण्डे पार्टीमै रहन्छन् कि एमाले प्रवेश गर्छन् भन्ने खुलिसकेको छैन ।

निर्वाचन आउन अझै पाँच महिना बाँकी छ । तर, एमाले नेताहरू भने पाण्डेसँग नियमित सम्पर्कमा रहेको स्रोतले बतायो । यदि पाण्डे एमाले प्रवेश गरेनन् भने पनि चितवन ३ मा प्रचण्डलाई जसरी पनि हराउन एमालेले राप्रपासँग तालमेल गर्ने देखिएको छ ।

किनभने पाण्डेको चितवन ३ मा राम्रै पकड छ । त्यसमा एमालेको मत पनि पाए भने प्रचण्डलाई चुनाव जित्न निकै सकस पर्ने अनुमान गर्न थालिएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here