नेता राणा र महर्जनले कम्युनिस्टलाई देखाइदिए तागत

ललितपुर – ललितपुर निर्वाचन क्षेत्र १ मा एमालेका नवराज सिलवाल सांसद छन् । दुई प्रदेश सभा सदस्यमा पनि एमालेकै नेताहरू छन् । तर, यो पाँच वर्षमा एमाले सांसदहरूले विकासको नाममा सिन्कोसमेत भाँच्न सकेका छैनन् ।

एमालेको दुई तिहाइ बहुमतको साढे तीन वर्षे सरकारमा समेत ललितपुरमा खासै बजेट आउन सकेन । तर, अहिले कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणा र प्रभावशाली युवा नेता मीनकृष्ण महर्जनको पहलमा ललितपुर १ मा २७ करोड बजेट परेको छ । कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको जोडबलमा बागमती प्रदेश सरकारले सो बजेट छुट्याएको हो ।

प्रदेशमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको संयुक्त सरकार छ । तर एमालेका कार्यकर्ता भने नवराज सिलवाल र चेतनाथ सञ्जेलको पहलमा बजेट आएको भन्दै फेसबुकमा राखेर भ्रम छरिरहेका छन् ।

प्रदेश सांसद सञ्जेलका पिए नवराज तिमल्सिनाले सामाजिक स१जालमार्फत झुटको खेती गरेको भन्दै सञ्जेलको व्यापक आलोचना भएको छ। बागमती सरकारले ललितपुर– १ लाई २७ करोड २० लाख बजेट छुट्याएको छ ।

कांग्रेस नेताहरूको पहलमा ललितपुर–१ मा ५० भन्दा धेरै योजना बजेटमा परेको छ । सडक स्तरोन्नति, सडक कालोपत्रे, पुल निर्माण, नयाँ सडक निर्माणलगायतका योजनामा बजेट छुट्याइको छ ।

कांग्रेस नेताहरूले यो क्षेत्रको विकासका लागि केही बहुवर्षीय राखेका छन् । बागमती गाउँपालिकास्थित प्युटारबाट मकवानपुर जोड्न बागमती खोलामा पुल निर्माणको लागि बहुवर्षीय योजनाअन्तर्गत सात करोड बजेट विनियोजन भएको छ ।

लेले–चन्दनपुर मोटरबाटो स्तरोन्नति गर्न बजेट परेको छ । गोदावरी नगरपालिका–५ लेलेदेखि कोञ्ज्योसोम गाउँपालिका–१ चौघरेसम्मको सडक स्तरोन्नति र कालोपत्रे गर्न ३ करोड बजेट विनियोजना भएको छ ।

गोदावरी नगरपालिकाको पागल वन सडक पुनर्निर्माण र स्तरोन्नतिका लागि २ करोड बजेट आएको छ । चन्दनपुरको नमनडाँडा हुँदै ठूलादुर्लुङसम्मको सडक ड्रेनसहित स्तरोन्नति गरी कालोपत्रे गर्न बहुवर्षीय योजनाअन्तर्गत ३ करोड बजेट विनियोजना भएको छ ।

वगुवा–प्युटार आश्राङ गिम्दी ठूलादुर्लुङ चन्दनपुर सडक स्तरोन्नति गरी कालेपत्र गर्न दुई करोड ७० लाख बजेट परेको छ । गोदावरी नगरपालिकाअन्र्तगत टौखेल–वडिखेल–खसिमारा–टाहाखेलसम्म झण्डै १० किलोमिटर सडकमार्ग स्तरोन्नतिका लागि डीपीआर भइसकेको छ । चन्दनपुर–ठूलादुर्लुङ–गिम्दी सडकअन्तर्गत १० किलोमिटर सडकको डीपीआर पनि तयार भइसकेको छ ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक स्तरोन्नति र नयाँ ट्रयाक खोल्न ५० लाखभन्दा कम रकमका ५० भन्दा बढी योजनाहरूमा बजेट छुट्याइदिएको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय