एमालेका कानुन विभाग सदस्यले १० करोड घुसको बार्गेनिङ गरेको अडियो काण्ड सार्वजनिक, हल्लियो सर्वोच्च अदालत

काठमाडौं – नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक भएको छ ।

न्यूज २४ टेलिभिजनले सार्वजनिक गरेको अडियोमा कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् ।

पोखरेलले तामाङलाई छुटाउँदा आफूहरूको भागमा दुई करोड पर्ने उल्लेख गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि सर्वोच्च अदालत हल्लिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आकस्मिक रूपमा न्याय परिषद्को बैठक बोलाएका छन् ।

‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो,’ परिषदका एक सदस्यले भने, ‘तर एजेण्डावारे बताइएको छैन ।’ पोखरेल एमालेको कानुन विभागका सदस्यसमेत हुन् । तामाङ पनि एमालेका नेता हुन् ।

उनी हाल प्रहरी हिरासतमा छन् । सिभिल सहकारीको करोडौं रुपैयाँ निक्षेप हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् । आफ्नो पार्टीका न्याय विभागका सदस्य पोखरेलले १० करोड घुसको बार्गेनिङ गरेको अडियो काण्डले एमालेमा ८ रेक्टरको भूकम्प नै ल्याएको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय