काठमाडौं – पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए । उनले पार्टीको चुनाव चिन्ह घन्टी राख्ने प्रस्ताव पनि गरे ।


लामिछानेले २१ सदस्यीय हेडक्वार्टर बनाएका छन् भने आफू संयोजक बनेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे । तर, चुनाव क्षेत्र भने सार्वजनिक गरेनन् । उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए । उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए ।

‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने । लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताए ।

‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु ।’

उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए । आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरु केही पनि नरहने उल्लेख गरे । उनले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरे ।

रवि लामिछानेको नयाँ दल घोषणालाई धेरैले ‘रवीन्द्र मिश्र भाग २’ भनी टिप्पणी गरेका छन् । यसअघि मिश्रले पत्रकारिता छाडेर साझा पार्टी घोषणा गरेका थिए । चुनाव पनि लडे तर पराजित भए । अहिले उनले राजनीति छाडेका छन् ।

एकताका मिश्रको साझा पार्टीलाई पनि धेरैले विश्वास गरेका थिए । त्यो पाँच वर्षमै धुलिसात भएको छ । रवि लामिछानेले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।

लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए । प्राइमेरी निर्वाचन हुने, युवालाई ५० प्रतिशत एकको व्यवस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने, राइट टु रिकराइट टु रिजेक्टको व्यवस्था, डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने, परिवारवादलाई पूर्ण रूपमा निषेध र भ्रातृसंगठन र कार्यकर्तारहित ।- मिडिया डबली

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here