शाईन रेसुङ्गा बैंक वामीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामनासहित सम्मान ब्यक्त

शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक वामीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामनासहित सम्मान ब्यक्त गरेको छ । मुसिकोट नगरका वार्डअध्यक्षहरु, मेयर,उपमेयर त्यस्तै गरि बडिगार्ड गा.पा. का अध्यक्ष,उपाध्यक्ष र केहि वार्डमा पुगेर वामी शाखाले सम्मान तथा सुभकामना ब्यक्त गरेको हो ।

बडिगार्ड गा.पा.का अध्यक्ष,उपाध्यक्षलाई शुभकामना ब्यक्त गर्न शाईन रेसुङ्गाको बुर्तिबाङ शाखा र वामि शाखा उपस्थित भएका थिए भने बडिगाडका बाकि वार्डमा बुर्तिबाङ शाखाले सम्मान गरिरहेको छ ।

बैंक रहेको स्थानिय तह पूर्णरुपमा अार्थिक मजबुद नहुदासम्म,स्थानिय जनताको आर्थिक उन्नति नहुदासम्म‌, प्रत्येक नागरिकको क्रयशक्तिको बिकास नहुदासम्म बैंक तथा वित्तीय संस्थाको पनि बिकास नहुने हुदा नगरको बिकासमा बैंककोसमेत यथेष्ट रूचि रहेको शाईन रेसुङ्गा बैंक वामिका कर्जा प्रमुख सुर्य खनालले बताउनुभएको थियो ।

त्यस्तै शाखा प्रबन्धक धुर्ब आचार्यले जनअनुमोदित हुनुभएकोमा निर्वाचित प्रतिनिधिहरूलाई सम्मान तथा सुभकामना ब्यक्त गर्नुभएको हो ।

वडा वडामा पुगेर सम्मान तभा सुभेच्छा कार्यक्रम गरेको वामि शाखाले आज मुसिकोट नगरपालिकामा पुगेर नगरका कर्मचारि र जनप्रतिनिधिको‌ उपस्थितिमा शुभेच्छा तथा सम्मान कार्यक्रम गर्दै बैकंको तर्फबाट सुर्य खनालले मुसिकोट नगरको बैंक तथा वित्तीय संस्था प्रतिको नगरभाव,नजरभाव,समभाव हुने अपेक्षासहित शुभकामना ब्यक्त गर्नुभएको हो ।

शाखा प्रबन्धक धुर्ब आचार्यले सम्मान पत्र र शुभकामना ब्यक्त गरेपछि नगरपालिकाको तर्फबाट नगरप्रमुख जिवराज खरेल‌ जिवनले बैंकले नगरको आर्थिक बिकासमा चासो राखेकाले जनभावना अनुरुप नै आफु केन्द्रित हुने र बैंकहरुसंग बिषयगत छलफलसमेत गरेर अगाडि बढ्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय