रनिङ्ग शिल्डमा प्रथम भएपछि महेन्द्र आदर्श नमुना माविद्वारा विद्यार्थीलाइ सम्मान

विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ जसमा नगरको केन्द्रमा रहेको महेन्द्र आदर्श नमुना मा बि प्रथम भएको छ ।

 

यहि असार ३ गतेदेखि ५ गतेसम्म बडागाउको ग्वादिकाचौरमा सम्पन्न भएको रनिङ्ग शिल्डमा १६ स्वर्ण पदक जितेर महेन्द्र आदर्श नमुना मा बि प्रथम भएको हो ।

विद्यालयले नगरस्तरिय रनिङ्ग शिल्डमा प्रथम भएको खुसियालीमा बिजेता विद्यार्थीहरुलाइ एक कार्यक्रमकाबिच सोमबार सम्मान गरेको छ ।

 

कार्यक्रममा सहभागि भएर १६ स्वर्ण,९ रजत र ४ कास्यपदक जितेर नगरमा प्रथम भएको विद्यालयले ४३ जना विद्यार्थीलाइ सम्मान गर्दै र्यालीसहित बजार परिक्रमा गरेको विद्यालयका प्रधानाध्यापक देविराम शर्माले जानकारी दिनुभयो । त्यस्तै विद्यालयले खेल शिक्षकसहित कबड्डि र तेक्वान्दो प्रशिक्षकलाइ समेत सम्मान गरेको छ ।

विद्यालयलाइ प्रथम बनाउन विभिन्न कार्यक्रममा सहभागि विद्यार्थी तथा सम्बन्धित शिक्षक,शुभचिन्तक,अभिभावक,समिति,समुदाय,सरोकारवाला सबैलाई थप सहयोगको अपेक्षासहित विद्यालयका प्रधानाध्यापक देविराम शर्माले बधाइ तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक शर्मासङ्गै अध्यक्ष टेक बहादुर राना,वडाध्यक्ष हरिहर सापकोटा,खेल शिक्षक होमनाथ खरेल लगायतले सम्बन्धित सबैलाइ बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष टेक बहादुर राना,नवनिर्वाचित वडाध्यक्ष हरिहर सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो भने शिक्षक अभिभावक संघ अध्यक्ष चुरामणी सापकोटा,समितिका सदस्य टोपनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन विद्यालयका सहायक प्रधानाध्यापक धनपति खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय