प्रधानमन्त्री बन्न योग्य छु, यसपालि प्रयास गर्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन् ।

चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने उनले संकेत गरे । कान्तिपुर टेलिभिजनको एउटा टक शोमा उनलाई तपाईँ आफूलाई प्रधानमन्त्री पदका लागि योग्य सम्झिनुहुन्छ ? भनी सोधिएको थियो ।गगनले तत्काल जवाफ दिए, ‘अफ कोर्स ।’ अहिल्यै ?हो । गगनले अब सोच्ने मात्र नभई प्रयास गर्ने बताए । ‘कहाँ सोच्ने मात्र, यसपालि त प्रयास गर्ने हो । सकिन्छ सकिँदैन थाहा छैन, तर प्रयास अवश्य गर्छु,’ थापाले भने ।

उनले पहिले प्रधानमन्त्री भइसकेका नेताहरू अबको चुनावपछि दौडमा सामेल नहुन आग्रह गरे ।

थापाले भने, ‘उहाँहरू सबैप्रति मेरो सम्मान छ । तर अबको चुनावपछि कुनै पनि पार्टीको कोही व्यक्ति फेरि प्रम भइदिएर नेपाललाई थप गुन लगाइदिनुपर्ने कारण छैन । अब हामीलाई मौका दिनुस् । हामी हाम्रो पुस्ताका साथीहरू बीच प्रतिस्पर्धा गर्छौँ । हामीले पनि केही अनुभव गरेर आइसक्यौँ । सक्यौँ भने डेलिभर गर्छौँ, नत्र हामीलाई हटाएर अर्को आउँछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय