नेपाली कांग्रेस (बीपी)का नेताहरू राप्रपामा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस बीपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस बीपीका उपाध्यक्ष सुदर्शन सिटौला, सहमहामन्त्री दीपक कार्कीसहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराएका हुन् ।

साथै केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुव थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशीलकुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्कीलगायत दुई दर्जन नेताहरू राप्रपामा प्रवेश गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठलगायतका व्यक्तित्वहरु राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश र धर्म जोगाउने राप्रपाको अभियानमा समाहित हुने सबैको जीवनको सर्वोत्तम निर्णय भएको र राप्रपाप्रतिको विश्वासलाई पश्चातापमा बदल्ने दिन कहिल्यै आउन नदिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय