मुसिकोटमा सामाजिक कार्य गरि जन्मदिन मनाउने प्रचलन भित्रिदै

भुवन काफ्ले, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकामा पछिल्लो समयमा सामाजिक काम गरि जन्म दिन मनाउनेहरुको संख्या बढ्न थालेको छ।

जन्म दिनको अवसर पारि विभिन्न कार्यक्रमको आयोजना गरि अनावश्यक खर्च गरी जन्मदिन मनाउने प्रचलन ब्यापक रहेको समाजमा पछिलो केहि समयदेखि मुसिकोटमा भने सामाजिक कार्य गरि जन्मदिन मनाउने प्रचलन विकास हुन थालेको छ। मुसिकोट नगरपालिकाको वडा नम्बर ७ मा असार महिनामा मात्रै २ जनाले आफ्नो जन्म दिनको अबसरमा सामाजिक कार्यमा लगानी गरिसक्नु भएको छ।

मुसिकोट नगरपालिका वडा नम्बर ७ टार निवासी समाजसेबी ज्ञानेस्वर काफ्लेले आफ्नो ६२ औ जन्म दिनको अबसरमा मुसिकोट नगरपालिका वडानम्बर ७ काफ़लटोलमा रहेको श्री राम मन्दिरको नियमित पुजा संचालनका लागि नगद रु ६ हजार सहयोग गरी आफ्नो जन्म दिन मनाउनु भयो। यसै गरि मुसिकोट नगरपालिका वडा नम्बर ७ कै पवन काफ्लेले आफुले प्राथमिक तहसम्म अध्ययन गरेको श्री जनज्योति प्राथमिक विद्यालयमा बिहिबार एक कार्यक्रम गरि विद्यार्थी तथा शिक्षकलाइ शैक्षिक सामाग्री प्रदान गरि जन्मदिन मनाउनु भयो।

यो पनि पढ्नुहोस् – गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी टार निवासी समाजसेबी ज्ञानेस्वर काफ्लेले आफ्नो ६२ औ जन्म दिनको अबसरमा मुसिकोट ७ काफ़लटोलामा रहेको श्री राम मन्दिरलाई नगद रु ६ हजार सहयोग गर्नुभएको छ।

उहाँले आफ्नो जन्म गाउँ काफलटोलामा रहेको श्री राम मन्दिरको पूजालाई नियमित रुपमा अगाडि बढाउनका लागि आफ्नो यहि असार १ गते परेको जन्म दिनको अबसरमा मन्दिरलाइ नगद रु ६ हजार सहयोग गर्ने निर्णय गर्नुभएको हो।

मन्दिरको स्थापना काल देखि नै मन्दिर संचालक समितिको विभिन्न पदमा रही काम गर्दै आउनुभएका समाजसेबी काफ्ले अहिले संचालक समितिको सचिब पदमा रहेर काम गरिरहनुभएको मन्दिरका पूज़ा संचालक समितिका अध्यक्ष नारायण काफ्लेले जानकारी दिनुभयो।

हाल मन्दिरको पूज़ा संचालनका निम्ति मासिक रु तिन हजार खर्च हुदै आएकोमा काफ्लेको यो सहयोगले मन्दिरको दुइ महिनाको पूज़ा संचालनमा सहायो पुग्ने संचालक समितिका सह-सचिब लोकनाथ काफ्लेले बताउनुभयो।

पछिल्लो समयमा जन्म दिन मनाउने क्रममा विभिन्न कार्यक्रमहरु गरि अनाबस्यक कुरामा खर्च गर्ने प्रचलन आइरहेकै बेलामा मन्दिर जस्तो पबित्र धार्मिक स्थलमा सहयोग गरि जन्म दिन मनाएर महान कार्य गर्नुभएका काफ्लेलेलाई पूज़ा संचालक समितिले विषेश धन्यवाद सहित जन्मदिनको शुभकामना समेत ब्यक्त गरेको थियो।

यसै गरि जन्म दिनको अबसरमा मन्दिरको दुइ महिना बराबरको पूजाको रकम नगद रु छ हजार पूज़ा संचालनको लागि सहयोग गर्ने निर्णय सुनाउदै समाजसेबी काफ्लेले पछिल्लो समय जन्म दिन मनाउने क्रममा पश्चिमी सस्कृति भित्रिदै आएको र सबै मिली यसलाई रोकि र समाजमा बिकृति फैलिन नदिन सबैमा अनुरोद समेत गर्नुभएको छ।

यसै गरि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी सेरा निवासी समाजसेवी पवन काफ्लेले आफ्नो जन्म दिनको अवसरमा विद्यार्थी तथा शिक्षकलाइ उपहार प्रदान गर्नुभएको छ ।

उहाले आफुले प्राथमिक तहसम्म अध्ययन गरेको श्री जनज्योति प्राथमिक विद्यालयमा बिहिबार एक कार्यक्रम गरि जन्म दिन मनाउने क्रममा विद्यार्थी तथा शिक्षकलाइ शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।

पछिल्लो समय जन्म दिन मनाउने क्रममा विदेशि सस्कृति भित्रिएको र त्यसले समुदायलाइ भड्किलो र बनाएको भन्दै त्यो ठाउमा खर्च हुने रकम स-साना नानीबाबुहरुलाइ शैक्षिक सामाग्री प्रदान गरेर मनाउदा आफुलाइ आनन्द महशुस भएको र यसो गरेमा समुदायमा सहयोगी भवना वृद्दि हुनेमा आफु विश्वस्त रहेको काफ्लेको भनाइ छ ।

विद्यालयका विद्यार्थीलाइ शैक्षिक सामाग्री हस्तान्तरण सङ्गसङ्गै जन्म दिनको अवसरमा उहाले शिक्षकहरुलाइ पनि शैक्षिक सामाग्री उपहार दिनुभएको थियो । आफुले अध्ययन गरेको विद्यालयमा आफ्नो जन्म दिन मनाउने क्रममा अनुकरणीय काम गरेको भन्दै विद्यालयका शिक्षकहरुले काफ्लेलाइ अबिर लगाएर शुभकामना दिदै सधै सामाजिक कार्यमा लाग्न अनुरोधसङ्गै उत्प्रेरणा पैदा होस भन्दै कामना गरेका थिए ।

उक्त विद्यालयमा अध्ययनरत अधिकांश कुमाल समुदायका र निम्न वर्गका परिवारका विद्यार्थीहरु छन । जन्म दिन मनाउन विद्यालय पुग्नुभएका काफ्ले एक सफल व्यवसायी पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय