गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयमा नेपाल युवा रेडक्रस सर्कलको पुनर्गठन

अनिष पन्थी ,गुल्मी । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा नेपाल युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ।

शुक्रवार एक कार्यक्रमकाबीच कक्षा १० मा अध्यनरत विद्यार्थी सुधा विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय समिती पुनर्गठन गरिएको युवा रेडक्रस सर्कलका शिक्षक नायक शिक्षक टीका खडकाले जानकारी दिए।

त्यस्तै उक्त समितिको उपाध्यक्ष शिव विश्वकर्मा,सचिव विशेष पन्थी,उप सचिव कुसुम विश्वकर्मा,कोषाध्यक्ष पवन पाण्डे, उपकोषाध्यक्ष अनिषा बि.क रहेको खड्काले जानकारी दिए।

यस्तै युवा रेडक्रस सर्कलभित्र अनुशासन,आर्थिक,सरसफाइ र अतिरिक्त क्रियाकलाप समिति समेत गठन गरिएको छ।

युवा रेडक्रस सर्कलको संरक्षकमा विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीस,शिक्षक नायक टीका खड्का र सहयोगी शिक्षक नायक केशर के.सी. र रेनुका श्रेष्ठ रहेका छन भने सल्लाहकारमा सहायक प्रधानाध्यापक युवराज अर्याल र शिक्षक निर्मला अर्याल रहेको शिक्षक नायक खड्काले गराए।

विद्यालयले प्रत्येक शुक्रबार गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत आज कक्षा ६ र १० को बुक टक कार्यक्रम पनि सम्पन्न गरेको छ ।

पुस्ताकाध्य्क्ष माधवी थापाको अध्यक्षता र प्रधानाध्यापक डोर बिक्रम श्रीसको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहभागी कक्षाका १४ जना विद्यार्थीहरुले आफुले पढेका १४ वटा विभिन्न पुस्तकहरुका बारेमा बोलेका थिए ।

कार्यक्रममा शिक्षक टीका खड्काले पठन संस्कृतिको महत्वमाथि प्रकाश पर्दै पठन संस्कृतिको विकासले जीवनमा पर्ने सकारात्मक प्रभाव बारे चर्चा गरेका थिए।भने कार्यक्रमको सन्चालन कक्षा १० का प्रेम कुमार टन्डनले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय