समाजसेवी पवन काफ्लेद्वारा जन्म दिनको अवसरमा विद्यार्थी तथा शिक्षकलाइ उपहार

मुसिकोट गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी सेरा निवासी समाजसेवी पवन काफ्लेले आफ्नो जन्म दिनको अवसरमा विद्यार्थी तथा शिक्षकलाइ उपहार प्रदान गर्नुभएको छ ।

उहाले आफुले प्राथमिक तहसम्म अध्ययन गरेको श्री जनज्योति प्राथमिक विद्यालयमा बिहिबार एक कार्यक्रम गरि जन्म दिन मनाउने क्रममा विद्यार्थी तथा शिक्षकलाइ शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।

पछिल्लो समय जन्म दिन मनाउने क्रममा विदेशि सस्कृति भित्रिएको र त्यसले समुदायलाइ भड्किलो र बनाएको भन्दै त्यो ठाउमा खर्च हुने रकम स-साना नानीबाबुहरुलाइ शैक्षिक सामाग्री प्रदान गरेर मनाउदा आफुलाइ आनन्द महशुस भएको र यसो गरेमा समुदायमा सहयोगी भवना वृद्दि हुनेमा आफु विश्वस्त रहेको काफ्लेको भनाइ छ ।

विद्यालयका विद्यार्थीलाइ शैक्षिक सामाग्री हस्तान्तरण सङ्गसङ्गै जन्म दिनको अवसरमा उहाले शिक्षकहरुलाइ पनि शैक्षिक सामाग्री उपहार दिनुभएको थियो ।

आफुले अध्ययन गरेको विद्यालयमा आफ्नो जन्म दिन मनाउने क्रममा अनुकरणीय काम गरेको भन्दै विद्यालयका शिक्षकहरुले काफ्लेलाइ अबिर लगाएर शुभकामना दिदै सधै सामाजिक कार्यमा लाग्न अनुरोधसङ्गै उत्प्रेरणा पैदा होस भन्दै कामना गरेका थिए ।

उक्त विद्यालयमा अध्ययनरत अधिकांश कुमाल समुदायका र निम्न वर्गका परिवारका विद्यार्थीहरु छन । जन्म दिन मनाउन विद्यालय पुग्नुभएका काफ्ले एक सफल व्यवसायी पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय