विदेशबाट आएका नेपाली युवामा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखियो, परीक्षण गरिँदै

नेपालमा मंकीपक्स भाइरससँग लक्षण मिल्ने बिरामी फेला परेका छन्।

उनी हालै विदेशबाट नेपाल आएका हुन्। एक युवामा मंकीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको हो। शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका एक डाक्टरका अनुसार ती युवाको परीक्षण गर्ने तयारी छ।

यो पनि पऋ्नुहोस्;- सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने गरी कर्णाली सिंहदरबार बनाउने भएको छ ।n हाल वीरेन्द्रनगर नगरपालिका –७, इत्राममा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय रहेका छन् । सोही ठाउँलाई घेराबार गरेर कर्णाली सिंहदरबार बनाइने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।

बजेटबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, `हामीले यो गत आर्थिक वर्षमै बनाउन खोजेका थियौं तर सफल हुन सकेको थिएन । आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउँछ । त्यसका लागि बजेटपनि छुट्याएका छौं।’ उनका अनुसार कर्णाली सिंहदरबार निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारेको थियाे । तर संगठन संरचना फेरबदल भएपछि पुनः डीपीआर गरिने छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा भवन निर्माण हुनेछ । झण्डै दुई बिघा जग्गामा आठवटै मन्त्रालयका भवन बनाइनेछ । त्यसका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कर्णाली सिंहदरबार निर्माण भए सुरक्षाको दृष्टिले सहज हुनेछ । नागरिकले एउटै छाताबाट सुरक्षा पाउने मन्त्री विष्टको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय