काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला नै नेपाली सेनाले अमेरिकासँग स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुन पत्राचार गरेको खुलेको छ ।


नेपाली सेनाले नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई पत्राचार गर्दै एसपीपी कार्यक्रम स्थापना गर्न आग्रह गरेको थियो ।प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पत्राचार गर्दा एमाले अध्यक्ष ओली मुलुकको प्रधानमन्त्री थिए । संविधान निर्माणलगत्तै ओली २०७२ साल असोज २५ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । ओली प्रधानमन्त्री भएको २ हप्तामै सेनाले पत्राचार गरेको देखिन्छ ।

पत्रमा एसपीपीले दुवै देशको साझा सुरक्षा सम्बन्ध दीर्घकालीन रूपमा अघि बढ्ने र भावी सुरक्षा सहकार्यका लागि आधार तयार हुने उल्लेख छ ।
नेपाली सेनाले एसपीपीमा सहभागिता जनाउने विषयमा हालसम्म कुनै निर्णय नभएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो । तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रसँगै एसपीपी प्रकरणमा नयाँ अध्याय सुरू भएको छ ।

प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले पनि एसपीपी सम्झौता राष्ट्रहितविपरीत भएको र त्यसको अग्रसरता वर्तमान सरकारले लिएको दाबी गर्दै आएका छन् । – नेपाल प्रेस

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here