प्रधानमन्त्रीले संसद छले, जवाफ दिन गृहमन्त्री रोष्टममा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा जवाफ नदिने भएका छन् ।

विनियोजनक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्री एवं प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्रले जवाफ दिने कार्यसूची रहेको थियो । यद्यपि प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभामा जवाफ दिन सुरु गरेका छन् ।

प्रधानमन्त्री देउवा आजको बैठकमा अनुपस्थित छन् । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री अनुपस्थित हुनुको कारण माग गर्दै प्रधानमन्त्रीको जवाफ अरुले दिन नमिल्ने भन्दै नियमापत्ति जनाएका थिए ।

जवाफमा सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले कार्यव्यस्तताको कारण जनाउँदै बैठकमा आउन नसक्ने पूर्व सूचना दिएको जानकारी बैठकमा गराएका छन् ।

संसद बैठकमा जान कार्यव्यस्तताको कारण देखाएका प्रधानमन्त्री देउवाले आजै नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटनको कार्यक्रममा भाग लिएका थिए । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय