मेरो श्रीमान ‘एकराज खोई ?’ भनेर अझै बर्बराउँदै मन्त्री विमला वली

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको स्वास्थ्य परीक्षण गरिएको छ।

प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण देखिएको अस्पताल स्रोतले बतायो। ओलीको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चेकजाँच गरिएको हो। राज्यमन्त्री विमलालाई गएराति दाङबाट बुटवल लगिएको थियो।

बुटवल लैजादै गर्दा वलीले अधिकांश समय ‘एकराज खोई?’ भन्दै बर्बराएको माओवादी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार विमला अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो।

विमलालाई राति उपचार सुरू गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर ईन्द्र ढकालले पुष्टी गरे। ‘मन्त्रीज्यूलाई राति अस्पताल ल्याइएको थियो’, मेसु ढकालले भने, ‘अवस्था हेर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने थियो। तर, उहाँले भर्ना हुन मान्नुभएन।’

उनलाई अर्धचेत अवस्थामा राति अस्पताल अस्पताल ल्याइएको मेसु ढकालले बताए। डाक्टर ढकालका अनुसार विमलामा ब्लड प्रेसर र सुगरको समस्या पनि देखिएको छ।

डिप्रेसनको लक्षण देखिए पनि विशेषज्ञ डाक्टरले चेकजाँच नगर्दासम्म केही भन्न नसकिने डा. ढकालको भनाइ छ। विमला अहिले प्रदेश सांसद दामा शर्माको साथमा बुटवलस्थित आफ्नै डेरामा बसेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय