डोटी युवा सेवा समाज भारतको अध्यक्षमा दीपक साउद,विशेष सल्लाहकार करण विष्ट

गणेश साउँद डोटी ः रोजगारीको सिलसिलामा भारत गएका डोटीको बोगटान फुड्सिल गाउँपालिकाका युवाहरूले “डोटी युवा सेवा समाज भारत’’ नामक सङ्गठन निमार्ण गरेका छन् । दीपक साउद अध्यक्ष रहने गरी २२ सदस्य नामक सङ्गठन निमार्ण गरेका हुन । जसको उपाध्यक्षमा आयुस बोहरा,कोषाध्यक्षमा सुनिल बोहरा, सचिव विक्रम चन्द र सह सचिव महेन्द्र साउद रहेका छन् ।

karan bista

त्यसै गरी सदस्यमा क्रमशः कमल साउँद, टेकेन्द्र साउँद, सागर साउँद, दलसिंह कठायत, हरि साउद, प्रेम साउद, विमल बिसोक्रमा,सेर साउद, रुद्र साउद,करण साउद,समीर बम,टेक साउद,विवेक बोहरा, गौरीलाल साउद, मान साउद र अङ्कित विश्वकर्मा रहेका छन् । त्यस्तै गरी विशेष सल्लाहकारमा करन बिष्ट, गणेश साउद, आयुस बोहरा, टेकेन्द्र साउद, र कमल साउद रहेका छन् ।

सङ्गठनले मासिक २ सय बचत गर्ने पनि निर्णय गरेको छ । बचत रकम अति विपन्न , बिरामी भएर उपचार गर्न बाट वञ्चित, अनाथ , अपाङ्ग, असक्त , गरिब बाल बालिका र पढाई बाट वञ्चित जस्ता समस्याका भएका पीडितहरूलाई आर्थिक सहयोग गरिने विशेष सल्लाहकार करण विष्टले जानकारी दिएका छन् ।

भारतमा नेपाली नागरिकले यात्रा गर्दा गाडी भाडा नभई अलपत्र परेको अवस्थामा सो सङ्गठनले सम्बन्धी ठाउँ सम्म सुरक्षित पु¥याउने उनले बताए । भारतमा कुनै पनि नेपाली नागरिक समस्यामा परेको खण्डमा ९१८१४६९७१२९ र ९१७९०१८५२४९९ मा फोन गर्न र नेपालका लागि ९८६८८६९५५८ र ९८६८४८०७५७ मा फोन गर्न “डोटी युवा सेवा समाज भारत’’ले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय