किशोरिलाई सबल बनाउन बिद्यालयमा गर्ल्स क्लव गठन

कृष्ण भट्टराई गुल्मी । श्री पशुपति निम्न माध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिमा गर्ल्स क्लवको गठन कार्य सम्पन्न भएको छ।

युनाइटेड वर्ल्ड स्कुल्स नेपालको पहलमा बिद्यालयमा अध्ययनरत छात्राहरुको क्लव गठन गरिएको बिद्यालयले जनाएको छ। बिद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत किशोरि छात्राहरुको उपस्थितिमा कक्षा ८ मा अध्ययनरत छात्रा हसिना राकसकोटिको अध्यक्षतामा ११ सदस्यिय गर्ल्स क्लवको गठन भएको हो।

जस्को उपाध्यक्षमा रेशिका राकसकोटी सचिव तिर्सना सर्तुङ्गे सहसचिव गृष्मा पुन सदस्यहरु सुस्मिता नेपाली,अर्चना सर्तुङ्गे,निर्मला रेश्मी ,रेखा सर्तुङ्गे ,अस्मिता राकसकोटी,संरक्षक शिक्षक गिता ढकाल रहेको जनाइएको छ।रिक्त एक सदस्य पहिलो बैठकबाट मनोनित गर्ने गरि कार्यक्रम सम्पन्न भएको छ।किशोरिहरुलाइ नियमित बैठक मार्फत लैङ्गिक समानता,महिनावरी स्वच्छता,नेतृत्व बिकास भुमिका,राम्रो छुवाइ र नराम्रो छुवाइ जस्ता कुरामा चेतनामुलक शिक्षा दिने गरि गर्ल्स क्लवलाइ सबल बनाउने संरक्षक शिक्षिका गिता ढकालले बताउनुभयो ।

यस्तै बिद्यालयमा एक कार्यक्रमका बिच गत शैक्षिक बर्षमा कक्षा नर्सरीदेखि कक्षा पाँच सम्मका बिद्यार्थिलाइ दिवा खाजा अन्तर्गतको निकासा रकम स्वयम् बिद्यार्थिलाइ बितरण गरिएको छ।

सुरुका बर्षमा बिद्यालयको निगरानिमा स्थानियलाइ जिम्मा दिई दैनिक रु १५ बराबरको तैयारी नास्ता बिद्यालयमै बितरण गरिदै आइएको र खाजा भत्ता मार्फत निकासा हुने रकम स्वयम् नास्ता जिम्मा लिनेलाई भुक्तानी दिने गरिन्थ्यो।तर पछिल्लो समय कोभिड १९ को संक्रमण जोखिम भएपछी सामाजिक दुरि कायम गरि विद्यार्थीलाई खाजा उपलब्ध गराउन असहज भएपछी विद्यार्थीले आफ्नै घरबाट तयारी नास्ता लिएर आउने र नगरबाट निकासाहुने रकम स्वयम् विद्यार्थीलाई बितरण गरिदै आइएको बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले बताउनुभयो।पहिले प्रती विद्यार्थी दैनिक हाजिरिवापत रु १५ का दरले खाजा भत्ता उपलब्ध भएपनी त्यसपछिका दिनमा भने नगरपालिकाले ७५% मात्र निकासा दिन थालेपछी हाल प्रती दैनिक हाजिरि ११ रुपियाँ सेरोफेरोमा आज गत प्रथम चौमासिकको खाजा वापतको रकम अभिभावकको रोहवरमा ५५७३३ रुपियाँ विद्यार्थीलाई बितरण गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक सोम बहादुर पेमि मगरले जानकारी दिनुभयो।

विद्यार्थीलाई दैनिक १५ रुपियाँको खाजा भत्ता रकम उपलब्ध गराउने कार्यक्रम सरकारले घोषणा गरेपनी स्थानिय सरकारले २५% रकम उपलब्ध नगराउनु र १५ को सट्टा११ रुपियाँको दरले भुक्तानी पाउँदा अचम्म लागेको अभिभावकले प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय